नेपालीहरुको महान चाडपर्वहरुको मुखैमा सर्लाहीमा कालोबजारी बढेको पाइएको छ ।जिल्लाका सरोकारवाला निकायहरु मौन बस्दा नेपालीहरुको महान चाडपर्वहरुको मुखैमा सर्लाहीमा कालोबजारी बढेको पाइएको हो ।जिल्लाका बजारहरुमा सम्बन्धीत स्थानीय तहहरुका साथै जिल्ला प्रशासन कार्यालयले नियमित अनुगमन गर्नु पर्नेमा सरोकारवाला निकायहरु मौन बस्दा जिल्लाका बजारहरुमा कालोबजारी बढेको छ । जसका कारण स्थानीय सर्व साधारण सबै भन्दा बढी मारमा परेका छन् ।
जिल्लाका बजारहरुमा नियमित अनुगमन नहुँदा र अनुमति बिना संचालनमा रहेका व्यापार व्यावसायहरुका कारण कालोबजारी,म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरण र कृतिम अभाव सुजना हुन थालेको छ । सिमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले सिमा क्षेत्रमा विशेष कडाई गरेपछि भन्सार छलीका सामानहरु नेपाली बजारहरुमा कम आउन थालेको बाहना बनाउँदै जिल्लाका व्यापारी व्यावसायीहरुले कालोबजारी,कृतिम अभाव र प्रयोग अवधि गुज्रेका सामानहरु विक्रि वितरण गर्दा उपभोक्ताहरु मारमा परेका छन् ।
जिल्लामा सामान्य दर्ता प्रक्रिया पनि पुरा नगरी व्यापार व्यावसाय गर्ने र राज्यलाई करछली गर्ने प्रचलन बढि रहेको समयमा सरोकारवाला निकायहरुले नियमित अनुगमन गर्नुको सट्टा मौन बदा आफुहरु मारमा परेको स्थानीय उपभोक्ताहरुको गुनासो छ ।खाद्य अधिकार सुनिश्चित गर्न र कालोबजारी तथा कृतिम अभाव रोक्न सरोकारवाला निकायले नियमित बजार अनुगमन गर्नुपर्ने स्थानीय उपभोक्ताहरुको भनाई छ ।भने,केही दिनमै बजार अनुगमन शुरु गर्ने तयारी भई रहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले बताए ।उनका अनुसार अब छिट्टै जिल्लाका सरोकारवालाहरू सम्मिलित अनुगमन टोली बनाइने र जिल्लाका बजारहरुको अनुगमन गर्ने तयारी भईरहेको छ ।