लान्यस क्लब अफ लालबन्दी सिटी र लियो क्लब लालबन्दीको संयुक्त आयोजनामा निःशुल्क मास्क वितरण गरिएको छ । कोरोना संक्रमण बढ्दै गइरहेको अवस्थालाई मध्य नजर गर्दै दुवै संस्थाले संयुक्त रुपमा मास्क वितरण गरेका हुन।

लान्यस क्लब अफ लालबन्दी सिटीको तर्फबाट मास्क लगाऔं, कोरोना भगाऔं भन्ने नाराका साथ शनिवार बिहान पुर्व पश्चीम राजमार्गमा पसल व्यवसाय गर्ने व्यक्ति, पैदल यात्री तथा साइकल, मोटरसाइकल र गाडीमा यात्रा गरिरहेकाहरुलाई ६ सय थान मास्क वितरण गरिएको क्लबका अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिनु भयो ।

लायन्स क्बल अफ लालबन्दी सिटी र लालबन्दी सिटी लियो क्लबले आफ्नो कार्यालय समेत उद्घाटन गरेको छ । लालबन्दी नगरपालिका ७ मा कार्यालय उद्घाटन पश्चात सामाजिक कार्य अन्तर्गत दुवै क्लबका पदाधिकारीहरुले राजमार्गमा निस्किएर मास्क वितरण गरेका हुन् ।