उखु बोकेका सवारीमा रातीको समयमा टल्कने व्यानर,दुर्घटना न्यूनिरकणको अभियान

619 Shares

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले दुर्घटना न्यूनिकरण गर्न भन्दै उखु बोेकेका सवारी साधनहरुलाई रातीको समयमा टल्कने व्यानर अनिवार्य गरेको छ।अहिले उखुको सिजन भएकाले उखु बोकेका सवारी साधनहरुका कारण दुर्घटना नहोस भन्नका लागि रातीको समयमा उखु बोकेका सवारी साधनहरुमा टल्कने व्यानर अनिवार्य गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक रजोश घिमिरेले जानकारी दिए ।उनका अनुसार जिल्लाका उखु उत्पादक किसानहरुको खेतबाट चिनी उद्योग सम्म उखु ल्याउने ट्याक्टर र ट्रकहरुमा रातीको समयमा उखु बोकेका सवारी साधनहरुमा टल्कने व्यानर अनिवार्य गरिएको हो ।
ट्राफिक प्रहरीले कडाई गर्न थालेपछि अहिले उखुु लोड गरेर चिनी उद्योगसम्म पुग्ने माल बाहक उखु बोकेका सवारी साधनहरुले पछाडि पट्टी“सावधान उखुु बोकेको सवारी”लेखिएको रातीको समयमा टल्कने ब्यानर झुन्ड्याउने गरेका छन् ।जिल्लाका तीनवटै चिनी उद्योगहरुसँग समन्वय गरी तयार पारिएको रातीको समयमा टल्कने व्यानरमा सवारी साधन चलाउँदा ब्रेक लगाउन भ्याउने दुरी कायम गर्न साथै रात्री बसहरु सञ्चालन हुने समयमा उखु बोकेका सवारी साधनहरुलाई सञ्चालन नहुन समेत आग्रह गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक घिमिरेले बताए ।
जिल्लामा उखु बोकेका सवारी साधनहरुका लागि अर्को बाटो नरहेको साथै करिब ५० वर्ष पहिला निर्माण भएको सडक अहिलेको सवारी साधनहरुको चाप अनुसार अयोग्य रहेका कारण पनि उखु बोक्ने साथै अन्य सबै प्रकारका सवारी साधनहरु चलाउँदा विशेष सावधानी अपनाउँन र दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीलाई सहयोग गर्न यातायात व्यवसायीहरुका साथै सवारी चालकहरुसंग जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक घिमिरेले अनुरोध गरेका छन् ।
उनका अनुसार पूर्व–पश्चिम राजमार्ग तथा जिल्लाका भित्री सडकहरुमा समेत ट्राफिक प्रहरी परिचालन गरेर उखुु ढुवानी गर्ने माल वाहक सवारी साधनले ब्यानर टाङ्गे÷नटाङ्गेको हेर्ने र अत्यधिक लोड नबोक्न सम्झाउने काम भइरहेको छ ।जिल्लाको विभिन्न ठाउँका उखुुु तौल काँटा र चिनी उद्योगमा समेत पुगेर सचेत गराउने,मधुरो नम्बर भइसकेका सवारी साधनहरुमा नम्वर लेख्न लगाउने लगायतका काममा समेत ट्राफिक प्रहरीले गरिरहेका छ ।
उखु बोकेका सवारी साधनहरुमा अन्य सवारी साधन गएर ठोक्किँदा तराईका जिल्लामा वर्षेनि दुःखद् दुर्घटना हुने गरेको अवस्थालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीको सहयोगमा चिनी उद्योगहरु आफैले उखु ढुवानी गर्ने सवारी साधनहरुलाई रातीको समयमा टल्कने व्यानर उपलब्ध गराएका छन् ।गतवर्षहरुको तुलनामा  यस वर्ष उखु बोकेका सवारी साधनहरुका कारण कुनै अप्रिय दुर्घटना नभएको साथै दुर्घटना न्यूनिकरण गर्न सबैको सहयोग आवश्यक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक घिमिरेले बताए ।
सर्लाहीको हरिवन नगरपालिका ११ मा इन्दु शंकर चिनी उद्योेग,धनकौलमा अन्नपूर्ण चिनी उद्योग र बगदहमा महालक्ष्मी चिनी उद्योगका साथै छिमेकी जिल्ला महोत्तरीमा एभरेष्ट चिनी उद्योग रामनगरमा जिल्लाका उखु उत्पादक किसानहरुले उखुु पठाउने गरि रहेका छन् ।

सम्बन्धित समाचार