ध्यानाकर्षण पत्र बुझाएको ३ महिना हुँदा पनि सरकारीकरण भएन हरिवनको सरकारी सवारीसाधन

461 Shares

सर्लाहीको हरिवन नगरपालिकाले खरिद गरेको तर तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले नीजि रुपमा प्रयोग गरि रहेको प्रदेश–३–०१–०२७ च ५६१८ नम्बरको रातो नम्बर प्लेटको सवारी साधनलाई अझौ सरकारीकरण नगरेको पाइएको छ । सरकारी सवारी साधनलाई नीजि नम्बर प्लेट राखेर प्रयोग गरि रहेको प्रदेश–३–०१–०२७ च ५६१८ नम्बरको सवारी साधन तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अन्यन्त्र सरुवा भई सकेका भएपनि रातो(नीजि) नम्बर प्लेट मै थन्क्याइएको छ ।विगत करिब दुईवर्ष अघिदेखि नै प्रमुख प्रशासकीय अधिकृत प्रधानले सरकारी सवारी साधनलाई प्रदेश–३–०१–०२७ च ५६१८ नम्बरको रातो नम्बर प्लेट राखेर निजी प्रयोग गर्दै आईरहेका थिए ।अहिले उनी हरिवन नगरपालिकाबाट अन्यन्त्र सरुवा भएर गएका भएपनि उक्त सवारीसाधन सरकारीकरण हुन सकेको छैन् । वरु नगरपालिकाको सरकारी पार्किङ क्षेत्रमा छोपेर राखिएको छ ।
हरिवन नगरपालिकाका निवर्तमान नगर प्रमुख गणेश प्रसाईँ कै कार्यकालमा खरिद गरिएको उक्त सरकारी सवारी साधन अहिलेसम्म पनि निजी नम्बर प्लेटमै राखिएको छ ।तत्कालनि नगर प्रमुख प्रसाईले विदाको दिनमा वा कायाृलय प्रयोजना विपरित बाहिर जानु पर्दा सहजहोस भनेर नीजि प्लेट मै राखेका भएपनि नगर प्मुख रमेश बुढाथोकी(कमल) नगर प्रमुख भएर आएपनि सवारीसाधन सरकारीकरण हुन सकेको छैन् ।शनिबार र सार्वजनिक विदाको दिन सरकारी सवारी साधन प्रयोग नगर्ने प्रतिवद्धता जनाएका हरिवन नगरपालिकाका नगर प्रमुख बुढाथोकीले पनि यस विषयमा चासो नराख्नुले उनले पनि शनिबार र सार्वजनिक विदाको दिन प्रयोग गर्ने गरेका छन् भन्ने आशंका सृजना हुन थालेको छ । नगर प्रमुख बुढाथोकीले आफ्नो कार्यकाल करिब डेढ वर्ष बित्न लाग्दा समेत तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रधानले राज्यको ढुकुटीमा गर्दै आएको अनियमिततालाई नियमन नगर्नु यस कार्यमा उनको समेत संग्लग्नता रहेको सहजै शंका गर्न सकिन्छ ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रधानले चढ्दै आएको सरकारी सवारी साधन तुरुन्त सरकारी नम्बर प्लेटको बनाउन माग राख्दै नेकपा (माओवादी केन्द्र)हरिवन नगर कमिटिका अध्यक्ष ताराराज पन्त(अर्जुन)ले नगर प्रमुख बुढाथोकी र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रधानलाई ध्यानाकर्षण पत्र बुझाएको पनि तीन महिना पुरा भएको भएपनि नगर प्रमुख बुढाथोकी लगायत सरोकारवाला निकाय मौन देखिएका छन् ।माओवादी केन्द्र हरिवन नगर कमिटिका अध्यक्ष पन्तले भदौ १९ गते मंगलबार नगर प्रमुख बुढाथोकी र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रधानलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । तर अहिले सम्मपनि सो सवारी साधनलाई सरकारीकरण गरिएको छैन् ।
निवर्तमान नगर प्रमुख प्रसाइँ र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रधानको आपसी मिलेमतोमा बिदाको दिन र कार्यालय प्रयोजन विपरित पनि प्रयोग गर्न मिल्ने भन्दै उक्त सरकारी सवारी साधनलाई निजी नम्बर प्लेटमै राखिएको नगरपालिका स्रोतको दाबी छ । सरकारी नम्बर प्लेट राख्दा सार्वजनिक बिदाको दिन र कार्यालय प्रयोजना विपरित उक्त सवारी साधन प्रयोग गर्न नपाइने भएपछि सरकारी नम्बर प्लेट नराखिएको नगरपालिका स्रोतले जनाएको छ ।आफुले पहिलै त्यो सरकारी सवारी साधनमा सरकारी नम्बर प्लेट राख्न पहल गरेको तर यातायात व्यवस्था कार्यालयको ढिलासुस्तीले त्यो काम अघि बढ्न नसकेको नगर प्रमुख बुढाथोकीको सो समयमा जवाल दिएका थिए  तर माओवादी केन्द्र हरिवन नगर कमिटिका अध्यक्ष पन्तले भदौ १९ गते मंगलबार नगर प्रमुख बुढाथोकी र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रधानलाई ध्यानाकर्षण पत्र बुझाएको तीन महिना पुरा हुँदा पनि सो सवारी साधन सरकारीकरण नहुनुमा नगर प्रमुख बुढाथोकी सहित हरिवन नगरपालिकाका सबै जनप्रतिनिधिहरु र कर्माचारीहरु श.काको घेरामा परेका छन् ।
जनस्तरबाट आलोचना हुने डरले गएको चैतदेखि जेठसम्म तीन महिना उक्त सवारी साधन नगरपालिकाको कम्पाउण्डमा त्रिपालले छोपेर राखिएको थियो तर,गएको असारयता भने तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रधानले उक्त सवारी साधनलाई व्यक्तिगत सम्पत्ति जसरी निर्वाध रुपमा प्रयोग गर्दै आई रहेका थिए तर अहिले उनी पनि सरुवा भएर अन्यन्त्र गईसकेका छन् ।तथापी पनि अहिले सम्म पनि नगर प्रमुख बुढाथोकीदेखि नगर उप प्रमुख हरिमाया घलान लगायत सबै वडा अध्यक्ष एवम जनप्रतिनिधिहरु तैँ चुप मँै चुप छन् ।सार्वजनिक विदाको दिन र कार्यालय प्रयोजन विपरित प्रयोग गर्नका लागि निवर्तमान नगर प्रमुख प्रसाईँको कार्यकाल मै सो सरकारी सवारी साधनलाई निजी नम्बर प्लेट राख्न सहमती भए अनुसार नै निजी नम्बर प्लेट राखिएको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रधानले स्वीकार गरेका थिए ।

सम्बन्धित समाचार