महाकवि लक्ष्मी प्रसाद देवकाेटाकाे १ सय १७ औं जयन्तीको अवसरका शिव सावित्री प्रतिष्ठान नेपाल र बुढ्याैली साहित्य समाज सर्लाहीले स्रष्टा सम्मान र रचना वाचन कार्यक्रम गरेकाे छ । चन्द्रपुर नगरपालिका ४ मा भएको कार्यक्रममा साहित्य स्रष्टा राम प्रसाद अधिकारीलाई सम्मान गरिएको बुढ्याैली साहित्य समाज सर्लाहीका लम्वाेदर काफ्लेले जानकारी दिए ।
उनका अनुसार महाकवि देवकोटाले नेपाली साहित्यका क्षेत्रमा खेलेकाे भूमिकाकाे चर्चा गर्दै हरेक वर्ष उनकाे जयन्तीकाे अवसरमा विभिन्न किसिमका कार्यक्रमहरु हुने गरेका छन् ।
काे हुन महाकवि देवकाेटा ?
नेपाली साहित्यका उज्यालो नक्षत्र महाकवि देवकोटाकाे वि.सं. १९६६ कार्तिक २७ गते लक्ष्मी पुजाकाे दिन काठमाडौंको डिल्लीबजारमा जन्म भएको हाे ।
नेपाली साहित्यमा मानवीय करुणा, प्रेम र राष्ट्रिय चेतनाको सशक्त स्वर स्थापित गरेका थिए। उनका तिलमाधव देवकोटा र अमर राज्य लक्ष्मीदेवी थिए। बाल्यकालदेखि नै अध्ययनशील र प्रतिभाशाली देवकोटाले काठमाडौंकै दरबार हाइस्कुलबाट प्रारम्भिक शिक्षा प्राप्त गरी भारतको कोलकातास्थित पटन विश्वविद्यालयबाट बी.ए. र एल.एल.बी. तहको अध्ययन सम्पन्न गरेका थिए। वि.सं. १९९४ मा प्रकाशित ‘मुनामदन’ कृतिले उनलाई नेपाली साहित्यको सर्वोच्च सम्मान ‘महाकवि’को उपाधि दिलायो।
सो काव्यले नेपाली समाजका साधारण मान्छे,श्रमिक वर्ग र जनजीवनको यथार्थ कथा उजागर गरेको छ। उनका अन्य चर्चित कृतिहरूमा ‘सुलोचना’, ‘शकुन्तला’, ‘कुन्जिनी’, लगायतका काव्य तथा नाटकहरू छन् । साहित्यकार देवकोटाले कवितामार्फत मानवीय संवेदना, करुणा र सह अस्तित्वको सन्देश फैलाएका कार्यक्रममा सहभागीहरुले बताए ।
उनले परम्परागत संस्कृतनिष्ठ शैलीबाट अलग हुँदै नेपाली भाषामा आधुनिक काव्ययुगको सुरुवात गरे। उनका कृतिहरूमा दर्शन, प्रेम, प्रकृतिप्रेम र मानवताको गहिरो भाव झल्किन्छ। नेपालका साहित्यप्रेमी र विद्वान्हरूले देवकोटालाई “शब्दका साधक र मानवताको कवि” भनेर सम्मान गर्ने गर्छन्।
उनको योगदानले नेपाली साहित्य मात्र होइन, सम्पूर्ण नेपाली चेतनामा अमिट छाप छोडेको छ।देवकोटाको निधन वि.सं. २०१६ भदौ २९ गते काठमाडौंमै भएको थियो।कार्यक्रममा विभिन्न क्षेत्रका साहित्य स्रष्टाहरुकाे उपस्थिति रहेकाे गायक तथा संगीतकार सन्ताेष दाहालले जानकारी दिए ।