नेकपा स्थापन दिवश तथा लेनिनको जन्मोत्सव

262 Shares

नेपाल कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवसको अवसरमा नेकपा(माओवादी केन्द्र)सर्लाहीले शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ।नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको ७७ वर्षका साथै माक्र्सवादी विचारक भ्लादिमिर इल्यिच लेनिनको सत वार्षिकीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्युतम प्रसाद काफ्लेले जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवस तथा लेनिनको सत वार्षिकीको अवसरमा जिल्ला समन्वय समिति सर्लाहीको सभा हलमा भएको कार्यक्रममा सामाजिक न्याय,समानता र समृद्धिको पक्षमा गरिएको संघर्षलाई स्मरण गर्दै वर्तमान परिस्थितिमा अझ सशक्त रूपमा अघि बढ्न लेनिनको मार्ग पहिल्याउनुको विकल्प नरहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य लुमणी धिमाल(लोचन)ले बताए।उनले नेपाल कम्युनिष्ट पार्टीको स्थापना जनताको अधिकार,राष्ट्रिय स्वतन्त्रता र समाजवादको बाटोमा अग्रसर हुने ऐतिहासिक यात्रा रहेकाले नेपालका कम्युनिष्टहरुले नेकपाको स्थापना दिवश मनाउनु पर्ने समेत बताए ।
लेनिनको विचार,दृष्टिकोण र योगदान आज पनि विश्वभरिका उत्पीडित वर्गका लागि प्रेरणाको श्रोत बनेको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम निवर्तमान मन्त्री रामेश्वर राय यादवले बताए ।उनले लेनिनले माक्र्सवादलाई अझ राम्रोसँग विकास गरेका र उनको नेतृत्वमा रुसमा अक्टोवर क्रान्ति सम्पन्न भएको समेत स्मरण गराए ।नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवश तथा लेनिनको सतवार्षिकी वर्गहीन समाज निर्माण गर्ने लक्ष्यमा पुनःदृढ संकल्प लिने,संगठनलाई बलियो बनाउने र जनताको पक्षमा संघर्षलाई अझ तीव्र पार्ने अठोट गर्ने दिन रहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम निवर्तमान प्रतिनिधि सभा सदस्य प्रमोद साहले बताए ।
माओवादी केन्द्र सर्लाहीका इन्चार्ज काफ्लेको अध्यक्षता एवम केन्द्रीय सदस्य एवम पुर्व मन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवम निवर्तमान प्रतिनिधि सभा सदस्य साह र निरा साह, केन्द्रीय सदस्य लोचन,सावित्रा बुढाथोकी र जिल्ला समन्वय समिति सर्लाहीका उप प्रमुख जितेन्द्र महत्तो लगायतका नेताहरुको विशेष उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार