Close This

रु १० लाखको ढल पुर्यो रु १४ लाखले, सरोकारवाला निकाय मौन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-१६ गते   २६०५ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ६ मा ढलमाथी ढल गरिरहेको रहस्य खुलेको छ । करिब २ वर्ष पहिला नै बनेको ढलमाथी फेरी १४ लाख  खर्च गरेर ढल निर्माण गरिएको छ ।  २ वर्ष पहिला रु १० लाख खर्चगरेर निर्माण गरिएको ढललाई पुरेर फेरी रु १४ लाख खर्च गरेर ढल निर्माण गरिएको हो ।
लालबन्दी नगरपालिका ६ को उद्योग बाणिज्य संघ नजिकबाट पश्चीममा निर्माण गरिएको ढल पुरेर फेरी त्यसमाथी ढलान गरि ढल निर्माण गरिएको हो । वडा कार्यलयको रु १४ लाख रकमबाट निर्माण उपभोक्ता समिति मार्फत ढल पुरेर फेरी ढल निर्माण गरिएको हो ।
 विगत २ वर्ष पहिला निमार्ण गरिएको ढल अहिले होचो भएकोले अहिले फेरी करिब सय मिटर ढल पुरी पुन त्यसमाथी ढल निर्माण गरिएको लालबन्दी नगरपालिका ६ का वडा अध्यक्ष उज्वल कुमार कार्कीले जानकारी दिनु भयो । उहाँका अनुसार ढलको पानी बाहिर नजाँदा पानी जमेर लामखुट्टे लाग्ने गरेकोले यस वर्ष पनि लगानी गर्नु परेको हो । 
यता,लालबन्दी नगरपालिकाका इन्जिनियर रोशन पण्डीतका अनुसार पहिला बनाइएको ढल गहिरो भएका कारण उत्त ढलको पानी बाहिर जान नसकेका कारण अहिले फेरी त्यसलाई पुरेर त्यसभन्दा माथीबाट ढल निर्माण गरिएको हो । यसरी विकास निर्माणको नाममा वर्षको अन्तिममा आएर बजेट सकाउनेपरम्परा फेरीदोहोरिदाँ सोक्षेत्रका स्थानिय चिन्तति बनेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech