Close This

कृषि मन्त्री यादवद्वारा हरिपुर्वामा हस्पिटलको उद्घाटन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-३० गते   ६६ पटक हेरिएको

सर्लाहीको हरिपुर्वा नगरपालिका ५ मा हरिपुर्वा मोडेल हस्पिटलको  एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले एक कार्यक्रमका वीच हस्पिटलको उद्धघाटन गर्नु भएको हो ।
उहाँले आम जनतालाई सरल र सुलभ हिसाबले  सेवा प्रवाह गर्न हस्पिटल  संचालक समितिलाई सुझाव समेत दिनु भएको छ । बढ्दो बिरामीको चापलाई स्तरिय उपचार सेवाको निरन्तरता दिनु र हस्पिटल प्रति  बिरामीहरुको विश्वास बढाउन आवश्यक रहेको मन्त्री यादवले बताउनु भयो ।
सोही  अवसरमा मन्त्री यादवले हरिपुर्वा नगरपालिका ५ कै स्थानीय जनता, पार्टीका नेता तथा कार्यकर्ताहरुसंग प्रत्यक्ष भेटघाट गर्नुका साथै वडा कमिटीद्वारा आयोजित विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान समेत गर्नु भएको छ ।
  उक्त  कार्यक्रममा प्रदेश नं. २ का उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश राय, पार्टीका केन्द्रिय सदस्य हृदय नारायण राय, जसपाका जिल्ला अध्यक्ष बिरेन्द्र यादव, ब्रहम्पुरी गाउँपालिका ४ का वडा अध्यक्ष अताउल रहमान, हरिपुर्वा नगरपालिकाका नगर प्रमुख सियाराम राय, सर्लाही निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय इन्चार्ज राम विनय राय लगायत जिल्लाका नेता तथा कार्यकर्ताहरुको विशेष उपस्थिती रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech