टयाक्टरको ठक्करबाट बालिकाको मृत्यु

231 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ४ हरिवभन स्थितमा लालबन्दी हरिपुर भित्री सडक खण्डमा ट्याक्टरले साईकललाई ठक्कर दिँदा एक बालिकाको ज्यान गएको छ भने अर्का एक जना घाईते भएका छन् ।
हरिपुरबाट लालबन्दी तर्फ आउदै गरेको ना ५ त ३११३ नम्बरको ट्याक्टरले सोही दिशा तर्फ आउँदैै गरेको साईकललाई ठक्कर दिदा साईकल यात्री लालबन्दी नगरपालिका ९ का अन्दाजी ४० वर्षका सन्तोष भट्टराई घाईते भएका छन् भने उनकी अन्दाजी ६ वर्षिय छोरी अन्सु भट्टराईको घट्नास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय  सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार ना ५ त ३११३ नम्बरको टयाक्टरले सोही दिशा तर्फ आउँदै गरेको साईकललाई ठक्कर दिँदा घाईते भट्टराईको शरिरको विभिन्न भागमा चोट लागेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भई रहेको छ भने 
ठक्कर दिने ट्याक्टर र ट्याक्टरका चालक लालबन्दी नगरपालिका १७ का अन्दाजी वर्ष ५० का दुर्गामान थोकरलाई ईलाका प्रहरी कार्यालय लालबन्दीले नियन्त्रणमा लिएको छ।भने शवलाई पोष्ट मार्टका लागि प्रादेशिक अस्पताल मलंगवा पठाईएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार