बर्दिवास ५ को टुटेश्वरनाथ महादेव मन्दिरमा १ महिने महाकुम्भ मेला सोमबारबाट सुरु हुने

684 Shares

महोतरीको बर्दिवास नगरपालिका ५ टुटेश्वर स्थित रहेको पौराणिक एवम् ऐतिहाँसिक धार्मिक आस्थाको केन्द्र टुटेश्वरनाथ महादेव मन्दिर आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्दै गएको छ।पूर्व–पश्चिम लोकमार्गबाट करिब ७ किलोमिटर उत्तरतर्फ चुरे फेदीमा अवस्थित टुटेश्वरनाथ महादेव मन्दिरमा हरेक वर्ष साउनमा एक महिना महाकुम्भ मेला लाग्ने र त्यसका लागि नेपालका साथै छिमेकी देश भारतका लाखौँ हिन्दु धर्मालम्बीहरु दर्शन गर्न आउने गरेका छन्।नेपाल कै प्रसिद्ध ऐतिहाँसिक धार्मिक तथा पर्यटकिय स्थलको रूपमा परिचित टुटेश्वरनाथ महादेव मन्दिर अवस्थित क्षेत्रमा महाभारतको युद्धको तयारीका लागि भिम र अर्जुन यही आएर तपश्या गरेका र महादेव प्रकट भई वरदान दिएपछि महाभारतको युद्ध जितेका किम्वदंती छ ।
चुरे पहाडको फेदीमा अवस्थित टुटेश्वरनाथ महादेव मन्दिरमा हरेक वर्ष साउनमा १ महिना सम्म महाकुम्भ मेला लाग्ने र साउनको प्रत्येक सोमबार लाखौँ आन्तरिक तथा बाह्य धार्मिक तिर्थयात्रीहरु दर्शन गर्न आउने गरेका छन्।नेपाल कैै प्रसिद्ध ऐतिहांसिक धार्मिकस्थलको रूपमा परिचित टुटेश्वरनाथ महादेव मन्दिरमा आएर दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास रहेको छ।आफ्नो मनोकामना पुरा भएपछि श्रद्धालुहरु काँवर लिएर आउने,जल चढाउने,सुन–चाँदी दान गर्ने र भौतिक संरचना बनाइ दिने जस्ता भाकल गर्ने गरेका पाइएको नेपाल होटल तथा पर्यटन व्यावसायि महासंघ मधेश प्रदेशका अध्यक्ष एवम बर्दिवासका सफल युवा व्यावसायी हिरालाल गौतमले बताए ।
उनले धार्मिक हिसाबले आउने पर्यटकहरु नेपालको प्रसिद्ध बाबाधामको रुपमा परिचित टुटेश्वरनाथ महादेव मन्दिरमा नेपाल सहित छिमेकी देश भारतबाट पनि लाखौँ हिन्दुधर्मालम्बीहरु साउनमा दर्शन गर्न आउने गरेका छन् ।
टुटेश्वरनाथ महादेव मन्दिरका साथै मधेश प्रदेशका ऐतिहांसिक तथा धार्मिक पर्यटकिय स्थलहरुलाई पर्यटकिय केन्द्रको रूपमा विकास गर्दैै लैजाने गरी नेपाल होटल तथा पर्यटन व्यावसायि महासंघ मधेश प्रदेशले“घुमौँ मधेश,बुझौं मधेश”अभियान नै सञ्चालन गरि रहेको छ।अभियान मार्फत मधेश प्रदेशका धार्मिक तथा ऐतिहांसिक पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार गर्दै मधेशलाई आन्तरिक तथा बाह्य पर्यटकहरुको केन्द्रको रुपमा विकास गर्ने योजनाका साथ होटल तथा पर्यटन व्यावसायि महासंघ मधेश प्रदेशले“घुमौँ मधेश,बुझौं मधेश”अभियान सञ्चालन गरेको नेपाल होटल तथा पर्यटन व्यावसायि महासंघ मधेश प्रदेशका अध्यक्ष एवम बर्दिवासका सफल युवा व्यावसायी गौतमले बताए ।
मराह नदी र खहरे खोलाको शिर र चुरे पहाडको फेदीमा रहेको हिन्दूहरूको पवित्र धार्मिक एवम ऐतिहांसिक स्थल टुटेश्वरनाथ महादेव मन्दिरमा साउनको प्रत्येक सोमबार बाहेक हरितालिका तीज,एकादशी,बालाचर्तुदशीका साथै शिवरात्रिका दिन पनि मेला लाग्ने गर्दछ ।मेला हेर्नका लागि नेपालका साथै छिमेकी देश भारतका विभिन्न स्थानहरुबाट वर्षेनी लाखौँ श्रद्धालु भक्तजनहरु आउने गरेका छन् ।साउन लागेसंगै टुटेश्वरनाथ महादेव मन्दिर र मन्दिर परिसर बेहुली झैँ सिगाँरीने गरेको बर्दिवास नगरपालिका ५ का वडा अध्यक्ष कारमान स्याङ्वाले बताए । 
उनका अनुसार टुटेका मन जोड्ने सामाजिक सद्भावको भावनाको केन्द्रको रूपमा टुटेश्वरनाथ महादेव मन्दिर रहेकाले यसलाई ऐतिहांसिक पर्यटकिय केद्रको रूपमा विकास गर्न मधेश प्रदेश सरकारले पनि चासो राखेको छ।२०७२ बैशाखको भुकम्पले केही क्षेत्ती पुर्याएको टुटेश्वरनाथ महादेव मन्दिरमा यस वर्ष करिब २० लाख आन्तरिक तथा बाह्य धार्मिक पर्यटकहरु आउने टुटेश्वरनाथ महादेव मन्दिर व्यावस्थापन समितिले जनाएको छ ।
विभिन्न समयमा मन्दिर परिसरको भौतिक व्यावस्थाको क्रममा ऐतिहासिक तथा पुरातात्विक महत्वका सामग्री र मूर्तिहरुका साथै आकर्षक ढुंगाका सामग्री र मूर्ति आकारका सय भन्दा धेरै सामग्रीहरु र ढुंगामा विभिन्न लिपिमा लेखिएको अक्षरहरु समेत फेला परेका छन्।वि.सं २००१ मा वन फँडानी हुँदा फेला परेको  टुटेश्वरनाथ महादेव मन्दिरमा केही वर्षअघि मन्दिरको जीर्णोद्धार गर्दा सुनका चिम्टी र पानी खाने आम्खोरा तथा विभिन्न गर गहनासहित बहुमूल्य सामग्री भेटिएका थिए।प्रचार प्रसारको अभावमा रुमलिएको टुटेश्वरनाथ महादेव मन्दिरको राम्रो प्रचार प्रसार हुँदा वार्षिक रुपमा २५ लाख भन्दा धेरै आन्तरिक तथा बाह्य धार्मिक तिर्थयात्रीहरु मन्दिरमा दर्शन गर्न आउने जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार