सर्लाहीको ईश्वरपुर नगरपालिका ३, स्थित तीनघरियामा मंगलबारबाट आमा अप्सरा आचार्य दोस्रो मेमोरियल कप फुटबल प्रतियोगिता सुरु भएको छ । ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोजकुमार आचार्यले आफ्नी स्वर्गिय आमा अप्सराको सम्झनामा ईश्वरपुर नगरपालिका ३,स्थित तीनघरियामा मंगलबारबाट आमा अप्सरा आचार्य दोस्रो मेमोरियल कप फुटबल प्रतियोगिता सुरु भएको हो ।
ईश्वरपुर नगरपालिकाका ३ को मनकामना युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा आयोजकको ए र बी गरी दुई टिमसहित विभिन्न वडाका गरेर १५ वटा टिमको सहभागिताता रहेको आयोजकले जनाएको छ । इश्वरपुर नगरपालिका २ मियाँखोर र इश्वरपुर नगरपालिका १० बेला खैरावीच प्रतियोगिताको मंगलबार उद्घाटन खेल भएको थियो । उद्धघाटन खेलमा इश्वरपुर नगरपालिका २ मियाँखोरले इश्वरपुर नगरपालिका १० बेला खैरालाई २–० गोलले पराजित गरेको आयोजकले जनाएको छ ।
प्रतियोगीताको उद्धघाटन कार्यक्रममा इश्वरपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी र सरस्वती मावि भक्तिपुरका शिक्षक तथा कर्मचारीबीच मैत्रीपूर्ण खेल समेत भएको इश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोज कुमार आचार्यले जनाकारी दिए । उनका अनुसार मैत्रीपूर्ण खेलमा इश्वरपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी र सरस्वती मावि भक्तिपुरका शिक्षक तथा कर्मचारीबीच २–२ को बराबरी भएको थियो । असोज १७ गते सम्म चल्ने खेलको बिजेताले रु १ लाख र उपबिजेताले रु ५० हजार नगद पुरस्कार सहित शिल्ड,मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन समारोहमा नगर प्रमुख आचार्य,उप प्रमुख रन्जितादेवी चौधरी, निवर्तमान नगर प्रमुख मनोजकुमार देवकोटा, विभिन्न वडाका वडाध्यक्ष तथा जनप्रतिनिधिहरु लगायतको विशेष उपस्थिति रहेको थियो ।