Close This

गोडैता नगरपालिकाद्धारा ९१ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु सम्मानित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-२० गते   १३६१ पटक हेरिएको

सर्लाहीको गोडैता नगरपालिकाले ९१ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको छ । नगरपालिकाका १२ वटा वडाहरुमा रहेका स्वास्थ्य संस्थामा कार्यरत १२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।
“स्वास्थ्य जीवन शैली हाम्रो आवश्यकता ,संकट न्युनिकरणमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका“ भन्ने नाराका साथ भएको १८ औं महिला सामुदायिक  स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा १२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको नगर स्वास्थ्य शाखाका संयोजक प्रमोद पंडितले जानकारी दिनु भयो ।
नगर प्रमुख देवेन्द्र कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरु घर–घरको डाक्टर भएको वत्तःाहरुको भनाई छ । स्वयंसेविकाहरुले समुदायमा राम्रो सेवा पुर्याएको भएपनि राज्यले उनिहरुको कामको सहि मुल्यांकन  गर्न नसकेको नगर वक्ताहरुको बताएका छन् ।
यस्तै महिला स्वास्थ्य स्वयं सेविकाहरुले सरकारले उचित सेवासुविधा नदिएको गुनासो गरेका छन् । आफूहरुको कामको तुलनामा पाउने सुविधा निकै कम भएको भन्दै राज्यले वेवास्ता गरेको उनिहरुले बताएका छन् । साथै उनिहरुले कार्यक्रम मार्फत  टाढा रहेका ठाउँमा समयमा पुगेर छिटोछरितो सेवा प्रदान गर्न आफुहरुलाई साइकलको व्यवस्था गरिदिनु पर्ने समेत माग गरेका नगर प्रमुख यादवले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech