नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवसको अवसरमा सर्लाहीमा प्रभातफेरि

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-१६ गते   ३१३ पटक हेरिएको

नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवसको अवसरमा बुधबार सर्लाहीमा  प्रभातफेरि निकालिएको छ । महासंघको जिल्ला शाखा सर्लाहीले जिल्ला स्थित संचारकर्मीहरुको सहभागितामा प्रभातफेरी निकाल्दै स्थापना दिवस मनाएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा सर्लाहीका अध्यक्ष टंक बहादुर क्षेत्रीले जानकारी दिनु भयो । 
उहाँका अनुसार प्रभातफेरि कार्यक्रममा महासंघका मधेश प्र्रदेश कोषाध्यक्ष विश्वनाथ ठाकुर, प्रदेश सदस्य शंकर श्रेष्ठ,पूर्व अध्यक्ष रोशन न्यौपाने, मिडिया काउन्सिलकी सदस्य बन्दना झा, महासंघ सर्लाहीका पदाधिकारी एवम सदस्यहरु लगायत संचारकर्मीको उपस्थिती रहेको थियो ।
त्यसैगरि बुधबार नै मलंगवामा महासंघका जिल्ला शाखा सर्लाहीका अध्यक्ष क्षेत्रीको अध्यक्षतामा जिल्ला कार्य समितिको बैठक पनि बसेको छ । रेडियो मलंगवामा बसेको बैठकले मलंगवा नगरपालिका १०, स्थित नेपाल पत्रकार महासंघ जिल्ला शाखा सर्लाहीको अधूरो भवन निर्माणका लागि बख्तियार अलीको संयोजकत्वमा फेकन महतो र बन्दना झा सदस्य रहेको ३ सदस्यीय निर्माण उपसमिति समेत गठन गरेको महासंघ जिल्ला शाखा सर्लाहीका सचिव सुनिल कुमार ठाकुरले बताउनु भयो ।
त्यस्तै, बैठकले पत्रकार मनोज यादवकी आमा शान्तिदेवी यादवको निधनमा दुःख व्यक्त गरेको छ । अध्यक्ष क्षेत्रीको नेतृत्वमा मातृशोकमा परेका पत्रकार यादवलाई उनी काममा बसेकै भाँडसर स्थित घरमा पुगेर संचारकर्मीहरुको समूहले भेटघाट समेत गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech