डाँका मुद्दामा १८ वर्ष सजाय पाएका लामा पक्राउ

197 Shares

विभिन्न तीनवटा डाँका तथा चोरी मुद्दामा १८ वर्ष १५ दिनको कैद सजाय पाएका एक युवक सर्लाहीको लालबन्दी बजारबाट पक्राउ परेका छन् ।बेग्लाबेग्लै तीन वटा डाँका तथा चोरी मुद्दामा फरार रहेका हरिवन नगरपालिका ६ का अन्दाजी ३३ वर्षीय मदन बहादुर लामालाई इलाका प्रहरी कार्यालय लालबन्दीको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार प्रतिवादी लामालाई सर्लाही जिल्ला अदालतले डाँका तथा चोरी मुद्दामा एक पटक सात वर्ष दुई महिना पाँच दिन,अर्को पटक पाँच वर्ष आठ महिना पाँच दिन र फेरि अर्को पटक पाँच वर्ष दुई महिना पाँच दिन गरी १८ वर्ष १५ दिन कैद सजाय र रु एक लाख ७५ हजार जरिवाना समेत सुनाएको थियो ।
चुनावको मौका पारेर लालबन्दी बजारमा घुमफिर गरिरहेको अवस्थामा पक्राउ परेका लामालाई प्रहरीले बिहीबार सर्लाही जिल्ला अदालतमा पेश गरेको छ ।अदालतले लामालाई १८ वर्ष १५ दिन कैद भुक्तानका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।पछिल्लो समय प्रहरीको सक्रियताका कारण फरार प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

सम्बन्धित समाचार