नेत्र विक्रम चन्द.विप्लव) निकट अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ सर्लाहीको प्रथम भेला सम्पन्न भएको छ । सर्लाहीको बाग्मती नगरपालिका ५ टेकानी बजारमा अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ सर्लाहीको प्रथम भेला सम्पन्न भएको हो ।
जनक राउतको अध्यक्षताम भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा संघका केन्द्रीय अध्यक्ष ओम प्रकाश पुनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी सर्लाहीका सचिव कमल सुस्लिङ, विशेष कमिटी सदस्य पवन महतो, सिन्धुली जिल्ला सदस्य ज्ञानबहादुर मोक्तान, किसान संघका केन्द्रिय सदस्य किशुनदेव शर्मा, मधेशि मुक्ति मोर्चाका केन्द्रीय सदस्य ठागाराम लगायत पाटृिका नेता तथा कार्यकर्ताहरुको विशेष उपस्थिती रहेको बिचारमान तामाङले जानकारी दिनु भयो । उहाँका अनुसार भेलाले राउतको अध्यक्षतामा १५ सदस्यीय जिल्ला संगठन समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा इन्द्रमान,सचीवमा बिष्णु रुचाल,कोषाध्यक्षमा शान्ति लामा चयन भएका छन् ।
निर्वाचित पदाधिकारी र सदस्यहरूलाई शुभकामना दिँदै संघका केन्द्रीय अध्यक्ष पुनले “अब सुकुम्बासीले नो लालपुर्जा नो भोटको बाटोमा हिड्नु पर्ने बताउनु भयो ।संसदीय व्यवस्था रहँदासम्म सुकुम्बासीहरुका समस्या समाधान नहुने भएकोले अब सबै सुकुम्बासीहरु एकिकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद स्थापनाको बाटोमा अघि बढ्नु पर्ने उहाँले बताउनु भयो ।” अब जनताले वैज्ञानिक समाजवादलाई मतद्वारा फैसला गर्ने जनमतसंग्रहमा जान सबै सुकुम्बासीहरुले जोड गर्ने जिल्ला सचिव सुस्लिङले बताउनु भएको पदम मगरले जानकारी दिनु भयो ।