एमालेको नाम अब देशद्रोही एमाले राख्नु पर्छ ः कांग्रेस नेता निधी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-२६ गते   १९९ पटक हेरिएको

नेपाली कांग्रेसका नेता एवम पुर्व उप प्रधानमन्त्री विमलेन्द्र निधीले नेकपा(एमाले)को नाम अब देशद्रोही एमाले राख्नुपर्ने बताए । राष्ट्रियताको विषयमा हल्ला गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिकहरुलाई नागरिकता नदिन गरेको षडयन्त्रका कारण एमालेको नाम परिवर्तन गर्न आवश्यक रहेको उनले बताए । 
पुस्तौ पुस्तादेखि मधेशमा बसी आमाबुबाको नागरिकता रहेका नेपालीहरुलाई पनि जन्मसिद्ध(वंशज)को आधारमा नागरिकता दिनु हुन्न भन्ने,मधेश आन्दोलन हुँदा,मधेशमा पीडा हुँदा कानमा तेल हालेर बसेका कारण एमालेको नाम देशद्रोही एमाले राख्नु पर्ने नेता निधीले बताए ।
पाँच दलिय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न शनिबार सर्लाही आएका नेता निधीले एमाले मधेस विरोधी,राजावादी,प्रतिगामी,नेपाली नागरिकलाई नागरिकता बिहिन बनाउने,मधेसी,मुस्लिम,दलित,महिला,आदिबासी र जनजातिका अधिकार खोस्ने,बेरोजगारी सृजना गर्ने,अशिक्षा सृजना गर्ने,देशको समृद्धिको यात्रामा अवरोध गर्ने र संविधान विपरित का गतिविधिहरु गर्ने काम एमालेले गरेको बताए ।
एमाले सरकारमा हुँदा पनि संविधान,संघियता,समृद्धि र मधेशका विरोधमा लागेको र सरकार बाहिर हुँदा पनि ती गतिविधिहरुलाई निरन्तरता दिई रहेका कारण ठूलो संघर्ष गरेर बनाएको संविधान,ठूलो संघर्ष गरेर ल्याएको लोकतान्त्रीक गणतन्त्र नै धरापमा पर्ने स्थितीमा पुगेका कारण पाँच दलिय गठबन्धन गरेको नेकपा(माओवादी केन्द्र)का स्थायी कमिटि सदस्य एवम सर्लाही क्षेत्र नम्बर ३ का निवर्तमान प्रतिनिधि सभा सदस्य रामेश्वर रायले बताए । उनले माओवादी केन्द्र र नेपाली कांग्रेसको सम्बन्ध शान्तिवार्ता गर्दा देखि नेपालको संविधान २०७२ निर्माण गर्दा,संघियता,समृद्धि र स्थानीत्वका हरेक आन्दोलनहरुमा समेत रहेको बताउँदै दिर्घकालीन सोचका साथ पाँच दलिय गठबन्धन गरेको बताए ।
बाम लोकतान्त्रीक गठबन्धनको मुख्य एजेन्डा“संविधानको रक्षा र समृद्ध नेपाल निर्माण” नैरहेको बताउँदै रायले यो पाँच दलिय गठबन्धनले भवितव्य मंसिर ४ को निर्वाचनमा बहुमत ल्याएर सरकार नबनाएको खण्डमा एमाले अध्यक्ष ओलीले नेतृत्व गरेको तीन दलिय गठबन्धनको बहुमत आएमा नेपालको संविधान २०७२,संघियता,समृद्धि,लोकतन्त्र र गणतन्त्र नै धरापमा पर्ने दाबी समेत गरे । एमालेले मधेश बिरोधी जनता समाजवादी पार्टी र नेपालको संविधान २०७२,संघियता,समृद्धि,लोकतन्त्र र गणतन्त्र विरोधी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीसंग गठबन्धन गरेर २१ औँ शताब्दीमा कम्युनिष्टले राजावादी चरित्र देखाउन थालेका कारण उसलाई अब नेकपा(एमाले) भन्ने अधिकार नरहेको कार्यक्रमकी अर्की वक्ता निवर्तमान सांसद चन्दा चौधरीले बताईन् । उनले पाँचदलिय गठबन्धन नेपालको संविधान २०७२,संघियता,समृद्धि,लोकतन्त्र र गणतन्त्र जोगाउनको लागि गरिएको बताईन् ।
त्यस्तै,संविधानको रक्षा,समृद्ध नेपाल र शहिदका सपना साकार पार्न गठबन्धनका नेता कार्यकर्ताहरुलाई अनुशासित भएर लाग्न नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले अनुरोध गरे। उनले पाँच दलिय गठबन्धनका उम्मेदवारहरुलाई असहयोग गर्ने कांग्रेसका नेता कार्यकर्ताहरुलाई साधारण सदस्यताबाट समेत निस्कासन गर्ने चेतावनी दिए ।
पार्टीको निर्णय अनुसार भएको पाँच दलिय गठबन्धनमा रहेका अरु दलका नेता एवम कार्यकर्ताहरुले पनि गठबन्धनका उम्मेदवारहरुलाई सहयोग गर्नु पर्नेमा सर्लाहीमा केही नेताहरुबाट त्यसो नभएको सभापति सिंहले बताए । उनले गठबन्धनका सबैदलहरुका नेताहरुबाट इमान्दारीताका साथ पाँच दलिय गठबन्धनका उम्मेदवारहरुलाई सहयोग गरेमा प्रतिनिधि सभामा करिब १० हजार रप्रदेश सभामा करिब ६ हजार मतान्तरले पाँच दलिय गठबन्धनका उम्मेदवारहरु विजयी हुने दाबी गरे ।
साथै,नेकपा(माओवादी केन्द्र)का नेता एवम बरहथवा नगरपालिकाका निवर्तमान नगर प्रमुख देवानन्द महतोले“कुनै एक पार्टीका नेताहरु चुनावमा नलडि पाँच दलका नेता कार्यकर्ताहरु चुनावमा लडेका सम्झेर पाँच दलिय गठबन्धनका साँझा उम्मेदवारहरुलाई विजयी गराउनु पर्ने आजको आवयकता रहेको बताए ।”
सर्लाही क्षेत्र नम्बर ३ मा पाँच दलिय गठबन्धनबाट प्रतिनिधि सभामा नेकपा(माओवादी केद्र)का नेता नरेन्द्र साह,३(क) मा नेकपा(एकिकृत समाजवादी) पार्टीका नेता एवम निवर्तमान प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती र ३(ख)मा नेपाली कांग्रेसका नेता हरेश महतो  प्रत्यक्ष तर्फ उम्मेदवार रहेका छन् ।
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको चुनाव प्रचार प्रसार कार्यक्रम अन्र्तगत बरहथवा नगरपालिका ७ मा भएका चुनावी सभामा पुर्व  उप सभापति एवम पुर्व उप प्रधानमन्त्री तथा गृह मन्त्री निधी,नेकपा(माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य पुर्व श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय, सर्लाही १ का निर्वतमान प्रतिनिधि सभा सदस्य शम्भुलाल श्रेष्ठ,निवर्तमान सांसद चन्दा चौधरी,सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष तर्फ पाँच दलिय गठबन्धनका साझा उम्मेदवार नरेन्द्र साह,३(क)बाट प्रदेश सभा प्रत्यक्ष तर्फ पाँच दलिय गठबन्धनका साझा उम्मेदवार डिल्ली प्रसाद उप्रेती,(ख)बाट प्रत्यक्ष तर्फ पाँच दलिय गठबन्धनका साझा उम्मेदवार हरेश महतो,मित्रवत प्रतिस्पर्धी ३(ख)का कौशल राय,नेपालीकांग्रेस सर्लाहीका सभापति सिंह लगायतका नेताहरुको आतिथ्यतामा गरिएको कार्यक्रममा माओवादी केन्द् बरहथवा नगर कमिटिका अध्यक्ष सुमन थापाले अध्यक्षता गरेका थिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech