Close This

उखुको मुल्य रु७ सय ५ कायम गर्न सर्लाहीका उखु उत्पादक किसानहरुको माग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-२५ गते   १०२७ पटक हेरिएको

सर्लाहीका उखु किसानहरुले यो वर्ष उखुको मूल्य प्रति क्विन्टल रु ७ सय ५ कायम गर्न माग गरेका छन् । मिलगेट उखु उत्पादक समिति सर्लाहीमा आवद्ध उखु उत्पादक किसानहरुले हरिवन नगरपालिका ११ स्थित रहेको इन्दु शंकर चिनी उद्योग हरिवनलाई ज्ञापन पत्र बुझाउदै यस्तो माग गरेका हुन ।
मिलगेट उखु उत्पादक समितिले उद्योगलाई ज्ञापन पत्र बुझाउँदै क्रसिङ सिजन २०७९÷०८० मा उखुको मूल्य प्रति क्विन्टल रु ७ सय ५ कायम गर्न माग गरेका इन्दु शंकर चिनी उद्योग हरिवनका उखु प्रवन्धक योग नारायण रजकले जानकारी दिए । उनका अनुसार केही वर्षदेखि चिनीको मूल्य लगातार वृद्धि भइरहेकाले चिनीको मूल्य वृद्धि अनुसार उखुको मूल्य पनि वृद्धि गर्न किसानहरुले माग गरेका हुन ।


कृषि तथा पशुपंछी विकास मन्त्रालय,उद्योग मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई बोधार्थमा राखेर उद्योग हरिवनका प्रशासकीय अधिकृत ठाकुर नेपाललाई बुझाइएको ज्ञापन पत्रमा उखु किसानहरु घाटासहन नसकी उखु खेतीबाटै पलायन हुन थालेकाले यसतर्फ गम्भीर बन्न उद्योगलाई किसानहरुले ध्यानाकर्षण समेत गराइएका छन् ।
ज्ञापन पत्र बुझाउन निवर्तमान प्रदेश सभा सदस्य डिल्लीप्रसाद उप्रेती,हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी,मिलगेट उखु उत्पादक समितिका कार्यवाहक अध्यक्ष राज कुमार उप्रेती लगायत उद्योगमा पुगेका थिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech