कोरोना विरुद्धको ‘बुस्टर’ डोज खोप सर्लाहीमा अन्योल

3.6k Shares

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको नयाँ भेरियन्टका संक्रमित नेपालमा पनि दिनप्रतिदिन बढी रहेको समयमा पनि सरकारले सर्लाहीका लागि बसष्टर डोज खोपको व्यावस्था गर्न सकेको छैन ।
सरकारले मुलुकभर माघ २ गतेबाट नै कोरोना भाईरस (कोभिड–१९) विरुद्धको बुस्टर डोज खोप लगाउन शूर गरेको बताए पनि जिल्लामा भने उक्त खोप मंगलबार(आज) सम्म पनि आई नपुगेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
बुस्टर डोज खोप सर्लाहीमा आईनसकेको र माघ६ गतेसम्ममा आइ पुग्ने जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाले बताउनु भयो । उहाँका अनुसार ‘प्रदेशबाट आउनुपर्ने खोपहरु अहिलेसम्म आईसकेको छैन’,‘ खोप आउने वितिकै हामी खोप लगाउन शूरु गरिहाल्छौं ।’ डा. झाले बताउनु भयो ।
सरकारले गत माघ २ गतेबाट ७७ वटै जिल्ला स्वास्थ्य कार्यालय मार्फत मुलुकभर बुस्टर डोज खोप लगाउने घोषणा गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखेर अग्रपंक्तिमा खटिनेहरुलाई माघ २ गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप दिन आग्रह गरेको थियो ।
सोही अनुसार गत आइतबारदेखि पहिलो चरणमा अग्रपंक्तिमा खटिनेहरुले बुस्टर डोज पाउनु पर्ने हो । तर जिल्लामा भने खोप नै नआएपछि बुस्टर डोज खोप कार्यक्रम कहिलेबाट शूरु हुने भन्ने अन्योल छ  । त्यसैगरी दोस्रो चरणमा आगामी माघ १४ गतेदेखि ६० वर्षमाथिका जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई बुस्टर डोज दिइने मन्त्रालयले जनाएको छ ।
क्यान्सरका बिरामी, अंग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधी सेवन गरेका बिरामीहरुलाई दोस्रो चरणमा बुस्टर डोज दिने तयारी रहेको मन्त्रालयले जनाएको छ । बुस्टर डोज पाउन पूर्णमात्रा खोप लगाएको ६ महिना पूरा भएको हुनुपर्ने छ । पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको छ, बुस्टर डोजमा पनि त्यही खोप दिइने मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार