Close This

तरकारी बजार समाजिक दुरी कायम हुने गरी व्यवस्थापन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-१३ गते   ५०९ पटक हेरिएको

सलार्ही जिल्लाको सदरमुकाम मंलगवामा सामाजिक दुरी कायम हुने गरी बजार व्यवस्थापन गरिएको छ। लक डाउनको एक महिना पुरा हुन लाग्दा पनि सदरकाम मलंगवाको तिनबिघे मैदानमा साप्ताहिक रुपमा लाग्दै आएको बजारमा सामाजिक दुरीको पालना नहुँदा कोरोना भाईरसको सक्रमण बढन सक्ने भन्दै स्थानिय सरकार तथा प्रशासनको चर्काे अलोचना हुन थालेपछि आजदेखि समाजिक दुरी कायम हुने गरी बजारको व्यवस्थापन गरिएको हो।

हिजो मात्र सर्लाहीको धनकौल गाउँपालिका वडा न. ५ हरकठवाको १४ वर्षीय किशोरमा कोरोना भाईरस (कोभिड(१९) संक्रमित भेटिएपछि जिल्लावासीमा थप त्रासको महौल सृजना भएको छ। समाजिक दुरी पालना नगरी बजारमा दैनिक अतिआवश्यक समानको साथै तकारी किनबेच गर्दा कोरोना भाईरस सक्रमण हुन सक्ने जोखिमको ध्यानमा राख्दै समाजिक दुरी कायम हुने गरी बजार व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसिले बताउनुभयो।

सामाजिक दुरी कायम गर्न दस -दस मिटरको दुरीमा विशेष तरिकाको हरियो घेरा तयार गरिएको छ। हरियो रंगले तरकारी बेच्ने तथा पहेलो रंगले ग्राहकका लागि घेरा बनाइएको छ। घेरा बनाईएका दायरा बाहिर सामान किनबेच गर्ने तथा समाजिक दुरी पालना नगर्नेलाई कवार्ही गरिने मलंगवा नगरपालिकाको मेयर निरसल साहले बताउनुभयो।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर, जि.सी,जिल्ला समन्वय समितिका प्रमुअ मेथर चौधरी, नेपाल प्रहरीका एसपी विश्वमणि पोखरेल, सशस्त्र प्रहरीका एसपी बिनोद राज श्रेष्ठ, मलंगवा नगरपालिकाका मेयर निरसल साह, पत्रकार महासंघ सर्लाहीका अध्यक्ष विश्वनाथ ठाकुर, संचारकर्मीहरु, समाजसेवी, मानवअधिकारकर्मीहरुको साथै आम नागरिकको उपस्थितमा सामाजिक दुरी कायम हुने गरी बजार व्यवस्थापन गरिएको छ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech