Close This

सर्लाहीका मुख्य बजारका चोकमा पार्किङ भद्रगोल,सरोकारवाला आरोप प्रत्यारोपमा व्यस्त

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-१२ गते   २४४ पटक हेरिएको

सर्लाहीको लालबन्दी,हरिवन,बरहथवा,बयलवास र मलंगवाका चौकमा पार्किङ व्यवस्थित नहुदा सवारी दुर्घटनाको जोखिम बढेको छ । पुर्वपश्चीम लोकमार्गको लालबन्दी,हरिवन,भित्रि सडक खण्डको बयलवास,बरहथपा र जिल्ला सदरमुकाम मलंगवाको मुख्य चोकमा ट्याम्पु,इरिक्सा,म्याजीक र बस एकै ठाउमा पार्किङ हुदा दुर्घटनाको खतरा बढेको हो ।
ट्राफिक प्रहरीका साथै स्थानीय सरकार र यातायात व्यावसायीहरुको मनोमानीका कारण जिल्लाका मुख्य र व्यस्त सडक लालबन्दी,हरिवन,बरहथवा,बयलवास र मलंगवाका चौकमा पार्किङ व्यवस्थित नहुदा सवारी दुर्घटनाको जोखिम बढेको हो ।
स्थानीय सरकारले सवारी पार्किङको व्यावस्थापन नगरीदिँदा ट्राफिक प्रहरीले अस्तव्यस्त सडकको पार्किङ हटाउन प्रयास गरेपनि असफल भएको एक ट्राफिक प्रहरी अधिकारीले बताए ।
जिल्लाका मुख्य र व्यस्त सडक लालबन्दी,हरिवन,बरहथवा,बयलवास र मलंगवाका चौकमा पार्किङ व्यवस्थित नहुदा व्यापार व्यावसाय गर्ने तथा पैदल यात्रीहरुलाई समेत निकैसास्ती हुने गरेको छ ।
जोखिमलाई न्युनिकरणका लागी व्यवस्थित पार्किङको व्यवस्था गरिनु पर्नेमा सरोकारवाला निकाय एकले अर्काेलाई आरोप प्रत्यारोप लगाउँदा जिल्लाको शुन्दरतामा पनि आँच आएको स्थानीय जानकारहरु बताउँछन् ।
स्थानीय तहले काठमाण्डौँका नगर प्रमुखको सिके गरेर ७५ फिट खाली गराउन केही दिन डोजर आतंक मच्याएका भएपनि अहिले ती स्थानहरुमा निर्माण सामाग्रीहरु,ग्याँसका सिलिण्डरहरुका साथै विभिन्न किसिमका सामाग्रीहरुराखिएका भएपनि सरोकारवाला निकाय मौन देखिएका छन् । भने ठेला गाढामा व्यापार गरेर दैनिकी चलाउने स्थानीय निमुखाहरुको भान्सामा चुल्यो बल्न निकै गार्यो भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech