Close This

स्थानिय निकाय र प्रशासनको मिलेमतोमा नदी दोहन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-१८ गते   २५८ पटक हेरिएको

 सर्लाहीको उत्तरी क्षेत्र भएर बग्ने लखनदेही,फुलजोर र कालीन्जोर खोलाबाट ठेकेदार कम्पनीले गुण्डागर्दी शैलीमा नदीजन्य पदार्थको ब्यापक दोहन गरिरहेका छन् ।
जिल्लाको लालबन्दी र इश्वरपुर नगरपालिकाको सिमाना भएर बग्ने फुलजोर खोला र लालबन्दी र हरिवनको सिमाना भएर बग्ने लखनदेही खोलाबाट  सम्झौता विपरित ठेकेदार कम्पनीले आधा दर्जन स्काभेटर प्रयोग गरी दादागिरी शैलीमा गिट्टी वालुवा उत्खनन् गरिरहेका स्थानियवासी जनप्रतिनिधिहरुले नै बताउने गरेका छन् ।
पूर्व–पश्चिम लोकमार्गबाट ३ किलोमिटर दक्षिणबाट अत्यन्त गहिरो खाडल बनाएर गिट्टी बालुवा निकालेको भन्दै गाँउका केही युवाहरुको समुहले उत्खन्न गर्न अवरोध समेत गरेका थिए । भने स्थानिय युवाहरुको अवरोध पछि केही दिन उत्खनन् रोकिएको भएपनि स्थानिय प्रहरी प्रशासन,स्थानिय निकायका नगर प्रमुख तथा उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुकोे आडमा पुनः अवेध दोहन सुरु भएको छ ।
जिल्लाका नदीहरुमा अहिले उत्खनन् भइरहेको ठाउँमा ८÷१०वटा स्काइभेटर तथा जेसिबी र सय भन्दा बढी टिपर दौडीरहेका छन् । नगरपालिकाको निर्देशनमा आफ्ना गलत कामको प्रमाण लुकाउन उत्खनन् गरिएका ठूल्ठूला खाडल पुरिएको इश्वरपुर नपा–१३ का स्थानिय राकेश महतोले बताएका छन् । भने लखनदेहीको दोहन गरि रहेको गजुरमुखीले खनेर ठुला पारेको खाडल पुर्न सुरु गरेको छ । खोलामा उत्खनन् गरिएका नदहिरुमा १२ देखि १५ फीट गहिरो खाडलको प्रमाण मेटाउन जिल्लाका स्थानि निकाय नैलागि परेका छन् ।
फुलजोर खोलामा भएको दोहनको प्रमाण लुकाउन इश्वरपुर नगरपालिकाका नगर प्रमुख  मनोज देवकोटा, वडानम्वर १३ का वडाध्यक्ष रामकरण महतो र प्रमुख प्रशासकिय अधिकृत उदय प्रसाद देवकोटा नै लागि परेका छन् । स्थानियबासी महतोले ठेकेदार कम्पनी, कर्मचारी र जनप्रतिनिधी समेतको मिलेमतोमा अबैध उत्खनन् भइरहेको आरोप लगाएका छन् ।
खोला उत्खन्नको अनुमती पाएको सुकन्या वशिष्ट कन्ट्रक्सनले अबैध ढंगले नदिजन्य पदार्थ निकालेको इश्वरपुर नगरपालिका–१३ का वडाध्यक्ष महतोले स्विकार गरेका छन् । नदी दोहनमा बनाइएका ठुला ठुला खाडलका कारण सो क्षेत्रका  दर्जनौ गाउँ डुवानमा पर्ने त्रास बढेको छ भने उर्वरभुमी कटानको चपेटामा पर्ने स्थानिय गोपाल बम्जनले बताए ।
यसरी विकासको नाममा जथाभावी गहिरो खाडल खनेर वस्तिलाई नै जोखिममा पार्ने गरी नदीजन्य पदार्थ उत्खनन् गर्न नहुने बम्जनको भनाई छ । प्रारम्भिक वातावरणीय परीक्षण अध्ययनमा उल्लेख भए अनुसार काम गर्ने सहमतीमा काम सुरु गरेको गजुरमुखी कन्ट्रक्सनले पनि लखनदेही खोलामा मापदण्ड विपरित कामगरि रहँदा समेत सरोकारवाला निकाय स्थानिय सरकार र जिल्ला समन्वय समिति सर्लाही मौन देखिन्छ । 
ठेकेदार कम्पनीले जहाँ पायो त्यही मनपरी रुपमा उत्खनन् गरेको छ । उत्खनन् गरिएको स्थानमा १२ देखी १५ फिट भन्दा गहिरा खाडल बनाइएदा समेत  सरोकारवाला निकाय स्थानिय सरकार र जिल्ला समन्वय समिति सर्लाही मौन देखिएको छ । ठेकेदार कम्पनीले उत्खन्न गरे पछि निरिक्षण गर्नु पर्ने नगरपालिका कार्यलयका कर्मचारी तथा जनप्रतिनिधीले स्थानीयबासीबाट आएको गुनासोमा कुनै वास्ता नगर्नुले उनिहरुको समेत मिलेमतो रहेको आशंका स्थानीयले गरेका छन् । खोला उत्खनन्ले पटक पटक अप्रिय घटना भएका घटना स्थानिय जनप्रतिनिधिहरुलाई जानकारी भएपनि उनिहरुको तेतातिर ध्यान पुग्न नसकेको देखिएको छ ।
तर जनप्रतिनिधिहरुले आफुहरुको कुनै मिलेमतो नरहेको बताएका छन् । भने प्रमुख प्रशासकिय अधिकृतहरुले आफुहरुलाई अनुगमनको जिम्मेवारी नरहेको बताएका छन् । साथै सम्झौता हुँदा आफुहरु अन्यन्त्रै रहेको र पछि सरुवा भएर आएका कारण के विषयमा सहमती भएको भन्ने बुझ्नु पर्ने स्थानिय निकायका प्रमुख प्रशासकिय अधिकृतहरुले  बताएका छन् ।
क्रसर र खोलाको अनुगमनमा हिडेको टोली वनको आगो निभाउन थालेपछि 
जिल्लाका क्रसर उद्योगहरुको अनुगमन गर्र्न हिँडेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी नेतृत्वको टोलीले सामुदायिक वनमा लागेको आगो निभाएर फर्किएको छ । दिनदहाडै खोला दोहन हुने र क्रसरहरु निरन्तर सञ्चालन भइ रहेको नदेख्ने अनुगमन समितिले सामुदायिक वनमा आगो लागेको देखेर निभाएको छ । 
जिसस सभापति चौधरी,प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ, प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, डिभिजन वन कार्यालय सर्लाहीका डिभिजन वन अधिकृत तथा कार्यालय प्रमुख माधवप्रसाद देव, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठसहितको टोलीले खोला र क्रसरको अनुगमन तथा नियमन गर्नुको  सट्टा वनमा लागेको आगो निभाएर फर्कीनुले क्रसर व्यवासायीहरु रखोला दोहन गर्नेहरुसंग कतै न कतै तालमेल छकी भन्ने आशंका सुजना भएको छ ।
हरेक पटक प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा भएपछि देखाउन गरिने क्रसरहरु र खोला अनुगमनले फेरी निरन्तरता पाएको हो । तर नत क्रसर मापदण्डमा सञ्चालीत छन् नत क्रसर सञ्चालन नै रोकिएको छ । साथै नदी दोहन त्यतिकै भइरहेको समेत अनुगमन समितिलाई थाहा नभएको पनि हैन । अनुगमनमा रहेको जिल्लाका प्रमुखहरुको टोलीले लालबन्दी नगरपालिका–१७, रानीगन्जकोे एभरेष्ट सामुदायिक वनमा लागेको आगो बुधबारसाँझ निभाएर फर्किएको हो ।
नाटकिय रुप देखाएको हो ।
आफूहरु क्रसरको अनुगमनमा हिँडेपनि वनमा भीषण डढेलो लागेको देखेपछि, सबैजना त्यहीँ उत्रिएर डढेलो निभाउन लागिपरेको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो । वनका कर्मचारीहरुको टोलीले वुधवार नै जिल्लाको जानकीनगर क्षेत्रका दुई स्थानमा लागेको डढेलो समेत निभाएको डिभिजन वन कार्यालयका वन अधिकृत देवले बताउनुभयो । उहाका अनुसार स्थानीय वासिन्दाले नै जथाभावी डढेलो लगाइदिँदा नियन्त्रणमा चूनौति भइरहेको छ ।
अनुगमन टोलीले मात्र आगो निभाएर जोगिएला सर्लाहीको वन
 निरन्तर सर्लाहीका सामुदायिक  र  राष्ट्रिय  वन क्षेत्रमा लागेको डढेलोले वन पैदावारमा व्यापक क्षति पुगेको छ । पुर्व पश्चमि लोकमार्ग क्षेत्र र चुरेसँग     जोडिएका  राष्ट्रिय  तथा  सामुदायिक  वनमा  लागेको डढेलोले त्यस क्षेत्रका वन पैदावार जलेर नष्ट भएको  छ ।
पछिल्लो   एक   महिनाको   अवधिमा   जिल्लाका सबैतिर गरी करिब १ हजार २ सय भन्दा बढी हेक्टर  जमिनमा  डढेलो  लागेको सव डिभिजन वन कार्यालय लालबन्दीका कार्यालय प्रमुख  उज्वल कुमार यादवले बताउनु भयो  । जिल्लाको लालबन्दी,इश्वरपुर,हरिवन,बागमती र वरथवा नगरपालिकाको क्षेत्रमा रहेका सामुदायिक तथा राष्ट्रिय   वनमा   डढेलो   लागेको  डिभिजन  वन  कार्यालय  सर्लाहीले  जनाएको छ । जिल्लाका सामुदायिक वन तथा राष्ट्रिय   वन र चुरे क्षेत्रका वनमा लागेको  डढेलोले  ठूलो  परिमाणमा  वन  पैदावारको  क्षति  गरेको  र  कतिपय  वन्य  जन्तुसमेत  डढेलोबाट  प्रभावित  भएका  डिभिजन  वन  कार्यालय सर्लाहीका कार्यालय प्रमुख देवले बताउनु भयो ।
वन          क्षेत्रमा          दैनिक          डढेलो  बढ्दै  गएर  वन  पैदावार  नष्ट  हुन  थालेपछि    कतिपय    सामुदायिक    वन    उपभोक्ता समुहहरूले डढेलो नियन्त्रण गर्ने प्रयास गरिरहेको सामुदायिक वन उपभोक्ता महासङ्घ  प्रदेश नम्बर २ को न्यायिक समितिका संयोजक उत्तर कुमार मैनालीले बताउनुभयो । उहाँका अनुसार जिल्लाका  पूर्वी तथा उत्तरी भेगका इश्वरपुर,लालबन्दी,हरिवन,बागमती र बरथवा नगरपालिका क्षेत्र भित्र रहेका सामुदायिक र राष्ट्रिय वन क्षेत्रको जङ्गलमा घाँस दाउरा गर्नेहरुले आगो लगाउने गरेका पाइएको छ । 
जिल्लाभरी  ६५ वटा सामुदायिक वन हस्तान्तरण भइ सकेका छन् भने ४ वटा साझेदारी वन रहेका  छन् । जिल्लामा रहेका वनहरुमा  सकेसम्म  डढेलो  लाग्न  नदिन  डिभिजन  वन  कार्यालय सर्लाही तथा सव डिभिजन वन कार्यालयहरुले विभिन्न  उपाय  अपनाउँदै  आएको  पनि  कार्यालय प्रमुख देवले बताउनुभयो । 
बिगत    लामो    समयदेखि    पानी    नपर्दा  वनमा  सुकेका  पातपतिङ्गर  धेरै  जम्मा  भएको  र  त्यसमाथि  चर्काे  घामसँगै  चैत  महिनामा  चलेको    तातो  हावाले  वन  क्षेत्रमा  डढेलो  लाग्न  सहज  भएको  वन कार्यालयका  कर्मचारीहरूले नै  बताउँने गरेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech