सर्लाहीको चन्द्रनगर पोलिटेक्निक इन्ष्टिच्यूटका विद्यार्थीहरु आन्दोलीत भएका छन् । चन्द्रनगर गाउँपालिका २ स्थित बबरगन्जमा गाउँपालिकाले सञ्चालन गरेको सिटिईभिटी अन्र्तगतको चन्द्रनगर पोलिटेक्निक इन्ष्टिच्यूटका विद्यार्थीहरु आन्दोलीत भएका हुन ।
साझा मागमा गाउँपालिका अध्यक्ष राज कुमार महतोले राजनीति गर्न खोजेपछि आक्रोसित विद्यार्थीहरुले गाउँपालिकाको कार्यालयमा ढुङ्गामुढा प्रहार गरेका छन् । चन्द्रनगर पोलिटेक्निक इन्ष्टिच्यूटमा पुस्तकालयको व्यावस्थापन,प्रयोगशालाको व्यावस्थापन,शिक्षकको व्यावस्थापन र छात्राबासको उचित व्यावस्थापनको माग गर्दै विद्यार्थीहरुले आन्दोलन गरेका हुन ।
चन्द्रनगर पोलिटेक्निक इन्ष्टिच्यूटमा पुस्तकालयको व्यावस्थापन,प्रयोगशालाको व्यावस्थापन,शिक्षकको व्यावस्थापन र छात्राबासको उचित व्यावस्थापनको विषयमा विद्यार्थीहरुले पटक पटक गाउँपालिका अध्यक्ष राज कुमार महतोलाई जानकारी गराएका भएपनि गाउँपालिका अध्यक्ष महतोले वास्ता नगरेपछि आफुहरुले आन्दोलन गरेको विद्यार्थीहरुले बताएका छन् ।
विद्यार्थीहरुका अनुसार ‘इन्ष्टिच्युटको सञ्चालन तथा व्यवस्थापनमा सुधार ल्याउन पटक पटक गाउँपालिका अध्यक्ष महतोलाई भनेको र पटक पटक समय दिएर बसेर छलफल मार्फत समस्या समाधान गर्ने बताएका भएपनि आफुहरुलाई झुक्याउने काम मात्र भएको थियो । अनि आइृतबार गाउँपालिका कार्यालयमा गाउँपालिका अध्यक्ष महतोसंग छलफलका लागि आफुहरु जाँदा पालिकाका जनप्रतिनिधिहरुका साथै कर्माचारी पिकनिक खान गएका पाएपछि आन्दोलन सुरु गरेको विद्यार्थीहरुले बताएका छन् । गाउँपालिका अध्यक्ष महतोले शक्ति प्रदर्शन गर्दा प्रहरीले आफुहरुमाथी अनावश्यक धरपटक तथा कुटपिट गरेका विद्यार्थीहरुको भनाइ छ । प्रहरीको लाडि चार्जबाट चार÷पाँच जना विद्यार्थीहरु घाईते भएका छन् ।
२०७६ सालमा स्थापना भएको चन्द्रनगर पोलिटेक्निक इन्यिटच्युटमा विगत चार वर्षदेखि शिक्षक तथा प्रधानाध्यापकको नियुक्ति तथा व्यवस्थापन हुन सकेकोछैन भने प्रयोगशाला र छात्राबासको समेत उचित व्यावस्थापन भएको छैन । चन्द्रनगर पोलिटेक्निक इन्यिटच्युटमा अध्यायनरत विद्यार्थीहरुको शुल्क पनि विद्यालयले उठाएर गाउँपालिकालाइृ पठाउनु पर्ने प्रधानाध्यापक सुसिल कुमार सिंहले बताए । उनका अनुसार गाउँपालिकाले सञ्चालन गरेको प्राविधिक विद्यालय भएका कारण विद्यार्थीहरुको सबै रकम उठाएर गाउँपालिकालाई दिनु पर्छ ।“जसका कारण मार्कर तथा मसी किननु पर्दा पनि गाउँपालिकालाई निवेदन लेखि उपभोक्ता समितिको जसरी माग गर्नु पर्छ ।”प्रधानाध्यापक सिंहले बताए ।
इन्स्टीच्यूटमा प्रयोगशाला,पुस्तकालय,शिक्षकहरु र छात्राबासको व्यावस्थापनको माग गर्दा वेवास्था गरिएपछि बाध्य भएर आफुहरुले आन्दोलन गरेको र आफुहरुको आन्दोलनको सुरुवाती चरणमा कुनै राजनीतिक आग्रह पुर्वा ग्रह नरहेको विद्यार्थीहरुले बताएका छन् । गाउँपालिका अध्यक्ष महतोले पटक पटक विद्यालयको समसस्या डायरीमा लेखि लगेका भएपनि सम्बोधन नभएपछि छलफलका लागि पुगेको आफुहरु बाध्य भएर आन्दोलनमा उत्रिएको विद्यार्थीहरुले बताएका छन् ।
पुस्तकालय,प्रयोगशाला,शिक्षक,छात्राबास,शौचालय र पिउने पानी लगायका समस्याहरु विद्यालयमा रहेका विद्यालय व्यावस्थापन समितिका अध्यक्ष बाल्मिक िसिंहले बताए । उनका अनुसार आफुलाई देखाउन मात्रै अध्यक्ष बनाईएको तर काम सबै गाउँपालिका अध्यक्ष महतोले गर्दै आएका छन् । उनका अनुसार गाउँपालिका अध्यक्ष महतोले विद्यालयका पुस्तकालय,प्रयोगशाला,शिक्षक,छात्राबास,शौचालय र पिउने पानी लगायका समस्याहरु समाधान गर्नुको सट्टा विद्यार्थीहरुलाई धम्क्याएर शुलक असुल्ने काम समेत गरेका छन् ।
डिप्लोमा सिभिल इन्जिनियरिङ र आईटी पढाई हुने चन्द्रनगर पोलिटेक्निक इन्ष्टिच्यूटमा सर्लाही सहित महोतरी,धनुषा,सिरहा,सप्तरी र सुर्खेतका गरी करिब ९० जना विद्यार्थीहरु रहेका छन् । उनिहरुबाट प्रति विद्यार्थी रु एक लाख ५० हजारका साथै कतिपयलाई छात्राबास शुलक र धरौटीको नाममा गरी संकलन भएको रकम गाउँपालिकाले केमा खर्च गरि रहेको छ भन्ने विषयमा विद्यालयका प्रधानाध्यापक,विद्यालय व्यावस्थापन समितिका अध्यक्ष लगायत अनभिज्ञ छन् ।
दुर्गा खोभारी माविको प्रयोगशाला,पुस्तकालय,शौचालय र भौतिक संरचना देखाएर विद्यार्थीहरु भर्ना गरिने गरेको भएपनि अहिलेको प्रथम सेमेस्टरमा आईटीमा पाँच जना र डिप्लोमा सिभिल इन्जिनियरिङमा कुनै पनि विद्यार्थीहरु भर्ना नभएका विद्यालय स्रोतले जनाएको छ ।
यता,चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतोले आफु २०७९ बैशाखमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएर आएपछि स्थापनायता आर्थिक वर्ष २०७८÷०७९ सम्मको लेखा परीक्षण गराएको,इन्स्टिच्युट सञ्चालन,व्यवस्थापन तथा सुधारका लागि विद्यार्थी,शिक्षक,सञ्चालक समितिको पदाधिकारी र कर्मचारीहरूको सहभागितामा सहमति समेत गरेको बताएका छन् ।
महतो गाउँपालिका अध्यक्षमा निर्वाचित भएदेखि नै गाउँपालिकालाई गैर सरकारी संस्थाको अण्डरमा सञ्चालन गर्न खोजेको र कर्माचारी भर्नामा आफुखुसी आफ्ना मान्छेहरुलाई भर्ना गराउन खोजेको लगायतका आरोपहरु उनीमाथी लाग्दै आएका छन् । भने विद्यार्थीहरुको आन्दोलनको विषयमा गाउँपालिका अध्यक्ष महतो कत्तिपनि गंभिर नभएका स्थानीयको आरोप छ ।