सिन्धुली २ मा टिकट वितरण प्रति नेकपा सिन्धुलीको असन्तुष्टि,निर्णय सच्याउन ध्यानाकर्षण

284 Shares

सिन्धुली क्षेत्र नम्बर २ मा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवम निवर्तमान प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन)ले टिक ल्याएपछि नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेताहरुले पार्टी केन्द्रीय कार्यालय र बागमती प्रदेश कमिटिको ध्यानाकर्षण गराएका छन् ।
आगमी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न क्षेत्र,जिल्ला हुँदै प्रदेश कमिटिले सिफारिस गरेका मानिसको नाम हटाएर नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवम निवर्तमान प्रतिनिधि सभा सदस्य दाहाललाई केन्द्रीय कार्यालयले टिकट दिएपछि नेपाली कम्युनिष्ट पार्टी(नेकपा) सिन्धुलीका जिल्ला इन्चार्ज बुद्धिमान माझी(वसन्त)  र नेपाली कम्युनिष्ट पार्टी(नेकपा) सिन्धुलीका संयोजक पानीराज बम्जन  सहित नेपाली कम्युनिष्ट पार्टी(नेकपा) बनेका सबै घटकका नेताहरुले आपत्ति जनाउँदै उत्त निर्णय तत्कालन सच्याउन माग गर्दै नेकपाका इन्चार्ज र संयोजकलाई सम्बोधन गरी ध्यानाकर्षण पत्र पठाएका छन् ।
नेपाली कम्युनिष्ट पार्टी सिन्धुलीले केन्द्रीय कार्यालयका इन्चार्ज र संयोजकका साथै बागमती प्रदेश कमिटिलाई सम्बोधन गरी निर्णय सच्याउन भन्दै लेखेको पत्रमा“आसन्न फागुन २१ गते हुन गईरहेको  प्रतिनिधि सभा निर्वाचनमा जिल्ला पार्टीलाई बागमती प्रदेश कमिटि र केन्द्रीय कमिटिले उम्मेदवारको नाम सिफारिस गर्न भनि सर्कुलर गरिए अनुरूप स्थातिय पार्टी कमिटिहरुको सुझाव संकलन गरि जिल्लाको कार्यदलको बैठक बसी सिन्धुली क्षेत्र नं. १ र २को प्रत्यक्ष उम्मेदवार र समानुपातिक उम्मेदवारहरूको नामवली सिफारिस गरि पठाएकोमा सिफारिस विपरित सिन्धुली क्षेत्र न २ मा प्रत्यक्ष उमेदवारको टिकट वितरण गरेको सूचना आएको हुँदा हामी कार्यदलका सदस्यहरु सो निर्णय प्रति गम्भीर असहमति प्रकट गर्दछौ।साथै सो निर्णय तत्काल सच्याउन जोडदार माग गर्दछौ।”भनिएको छ ।
नेपाली कम्युनिष्ट पार्टी(नेकपा) सिन्धुलीका जिल्ला इन्चार्ज बुद्धिमान माझी(बसन्त),नेपाली कम्युनिष्ट पार्टी(नेकपा) सिन्धुलीका संयोजक पानीराज वम्जन नेपाली कम्युनिष्ट पार्टी(नेकपा) सिन्धुलीका नेताहरु विनोद वि.क.,सूर्य पाख्रिन,चित्र लुङ्गेली मगर,भरत योन्जन,चित्र पुलामी मगर,सुरद बहादुर स्याङतान र मोदनाथ तिमल्सीना(विमल)ले हस्ताक्षर गरी नेपाली कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय समितिलाई बोधार्थ दिइएर ध्यानाकर्षण पत्र पठाएका छन् ।सिन्धुलीमा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवम निवर्तमान प्रतिनिधि सभा सदस्य दाहाल र नेपाली कम्युनिष्ट पार्टी(नेकपा) सिन्धुलीका जिल्ला इन्चार्ज माझी तथा नेपाली कम्युनिष्ट पार्टी(नेकपा) सिन्धुलीका संयोजक बम्जन समुह विच पहिला पनि पटक पटक विभिन्न विषयहरुमा मतान्तर देखिदै आएको थियो ।

सम्बन्धित समाचार