Close This

आदिवासी जनजाती मगर संघ सर्लाहीको संयोजकमा निशान

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-११-२ गते   ५३८ पटक हेरिएको

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट आदिवासी जनजाती मगर संघ सर्लाहीले संयोजक र सह संयोजक चयन गरेको छ । बिहीबार सर्लाहीको लालबन्दी नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला संयोजक डाचाराज वाग्ले र आदिवासी जनजाती मगर संघका केन्द्रीय संयोजक भोज बिक्रम बुढा मगरको विशेष उपस्थितीमा आदिवासी जनजाती मगर संघ सर्लाहीले संयोजक र सह संयोजक चयन गरेको हो । 
भेलाले तत्कालीन नेकपा(एमाले) निकट रहेको लोकतान्त्रीक मगर संघका निशान थापा मगरलाई आदिवासी जनजाती मगर संघ सर्लाहीको संयोजकको रुपमा चयन गरिएको छ भने तत्कालीन नेकपा(माओवाद) निकटको मगर राष्ट्रिय मुक्ती मोर्चाबाट ओम राना मगरलाई सह संयोजकको रुपमा चयन गरिएको छ । तत्कालीन नेकपा(एमाले) तर्फबाट १७ जना र नेकपा(माओवाद)को तर्फबाट १८ जना सदस्य रहने गरि कुल ३५जना सर्लाही जिल्ला कार्य समिति चयन गरिएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रदेश कमिटि सदस्य बेची लुंगेलीले जानकारी दिनु भयो । 
समितिको सदस्यहरुमा लोकतान्त्रीक मगर संघ र मगर राष्ट्रिय मुक्ती मोर्चाका तत्कालीन सदस्यहरु आदिवासी जनजाती मगर संघ सर्लाहीको कार्य समितिमा रहेका जिल्ला संयोजक निशान थापा मगरले बताउनु भयो । आदिवासी जनजाती मगर संघको निर्णय अनुसार तत्कालीन नेकपा(एमाले)बाट संयोजक र तत्काली नेकपा(माओवादी) बाट सह संयोजक भागमा परेको थियो । चयन भएका संयोजक सह संयोजकले पार्टीको हित तथा मर्म अनुसार काम गर्ने प्रतिबद्धता जनाएका आयोजकले बताएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech