वितरण केन्द्र लालबन्दी अन्र्तगतका छ पालिकाले सवा ३ करोड भुक्तानी गरेनन्

224 Shares

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीले विद्युत सेवा प्रवाह गर्ने विभिन्न छ वटा नगरपालिकाले करिब सवा तीन करोड रकम भुक्तानी गर्न बाँकी रहेको पाइएको छ ।वितरण केन्द्र लालबन्दीले विद्युत सेवा प्रवाह गर्ने लालबन्दी,हरिवन,इश्वरपुर,हरिपुर,कविलासी र बागमती नगरपालिकाले गरी कुल तीन करोड १९ लाख चार सय ६३ रुपैँया ६३ पैसा भुक्तानी गर्न बाँकी रहेको पाइएको हो ।
वितरण केन्द्र लालबन्दीले उपलब्ध गराएको विवरण अनुसार लालबन्दीले विद्युत सेवा प्रवाह गर्ने लालबन्दी नगरपालिकाले ७८ लाख ४१ हजार नौ सय एक रुपैँया छ पैसा,हरिवन नगरपालिकाले एक करोड २३ लाख ८४ हजार दुई सय नौ रुपैँया नौ पैसा, इश्वरपुर नगरपालिकाले ५४ लाख २७ हजार आठ सय ४१ रुपैँया ५२ पैसा,हरिपुर नगरपालिकाले १९ लाख ३० हजार तीन सय ७५ रुपैँया ८९ पैसा,कविलासी नगरपालिकाले १८ लाख ५५ हजार सात सय ६५ रुपैँया १३ पैसा र बागमती नगरपालिकाले १० लाख ७९ हजार तीन सय ७० रुपैँया चार पैसा भुक्तानी गर्न बाँकी रहेको हो ।
११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी सर्लाहीका २० वटा पालिकाहरु मध्ये छ वटा नगरपालिकालाई विद्युत सेवा प्रवाह गरी रहेको वितरण केन्द्र लालबन्दीका अनुसार  सबै भन्दा धेरै हरिवन नगरपालिकाले एक करोड २३ लाख ८४ हजार दुई सय नौ रुपैँया नौ पैसा र सबै भन्दा कम बागमती नगरपालिकाले १० लाख ७९ हजार तीन सय ७० रुपैँया चार पैसा विद्युत प्रयोग वापतको बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको वितरण केन्द्र लालबन्दीले जनाएको छ ।
छ वटा पालिकाहरुका लागि बक्यौता भुक्तानी गर्नका लागि पटक पटक ताकेता गर्दापनि पालिकाहरुले गैर जिम्मेवार जवाफ दिएका वितरण केन्द्र लालबन्दीका इन्जिनियर बाल गोविन्द चौधरीले बताए।उनका अनुसार पालिकाहरुले सडक वत्तिका साथै विभिन्न वडा कार्यालयहरु र नगरपालिका कार्यालयहरुमा प्रयोग गरेका विद्युतको महशुल भुक्तानी गर्न  छ वटै पालिकाहरु लाई पटक पटक मौखिक तथा लिखित पत्राचार गरिएको पनि बताए।२० वटा पालिका भएको सर्लाहीमा तीन वटा वितरण केन्द्र रहेका छन् ।

सम्बन्धित समाचार