यातायात कार्यालय बर्दिवासको छड्के सडक अनुगमन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-४ गते   ११३२ पटक हेरिएको

सर्लाहीमा सञ्चालीत ७ सय ५० सवारी साधनको यातायात कार्यालय बर्दिवासले छड्के सडक अनुगमन गरेको छ । शनिवार यातायात कार्यालय बर्दिवासको नेतृत्वमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको संयुक्त टोलीले छड्के सडक अनुगमन गरेको हो ।
सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित फुलजोर,लालबन्दी नगरपालिका स्थित नवलपुर र हरिवन नगरपालिका स्थित नयाँरोड र हरिपुर नगरपालिका स्थित हरिपुर सडक खण्डमा अनुगमन गरिएको यातायात कार्यालय बर्दिवासका सूचना अधिकारी दिलिप थापाले जानकारी दिनु भयो । उहाँका अनुसार अनुगमको क्रममा सवारी नियम विपरित सवारी संचालन गर्ने ३० सवारी धनीलाई कार्वाही समेत गरिएको छ । 
प्रयोजन विपरित ५,क्षमता भन्दा अधिकभार वहन २,नं.प्लेट नराखी सवारी संचालन गर्ने १,सिट बेल्टको प्रयोग नगर्ने ५,सवारी चालक अनुमती पत्र नबोकी सवारी चलाउने ८,बाटो ईजाजत नभएका सवारी ७,लापरवाही पुर्वक सवारी संचालन गरेका ३ गरी ३० जना सवारी धनीलाई कार्वाही गरिएको यातायात कार्यालय बर्दिवासले जनाएको छ । साथै ३ सय ५० वटा सवारी साधनका चालकहरु तथा सवारी धनीहरुलाई सचेत गराइएको छ भने करिब ७ सय ५० सवारी साधनको छड्के सडक अनुगमन गरिएको यातायात कार्यालय बर्दिवासका कार्यालय प्रमुख पोषण थापाले जानकारी दिनु भयो । सवारी धनीहरुलाई सवारी सम्बन्धी कागजातहरु साथमा लिएर सवारी साधन नीयमको पालना गरि सवारी साधन सञ्चालन गर्न आग्रह समेत गरिएको उहाँले बताउनु भयो ।
सवारी साधनको छड्के सडक अनुगमनमा यातायात कार्यालय बर्दिवासका प्रमुख थापा, सवारी शाखा प्रमुख संजिप चौलागाई, सवारी चालक अनुमती पत्र शाखा प्रमुख संजय खतिवडा र जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech