सर्लाहीका मुर्तिकारहरुलाई सरस्वती पुजा नजिकिएसंगै सरस्वतीको मुर्ति बनाउन भ्याइ नभ्याई भएको छ । सरस्वती पुजा आउंन करिव एक सातामात्रै बाकी रहेकोले मुर्तिकारहरु सरस्वतीको मुर्ति बनाउन निकै व्यस्त देखिएका छन ।
प्रत्येक वर्ष विद्यार्थीहरुले श्रीपञ्चमीका दिन सरस्वतीको पुजा आराधना गर्ने गर्दछन् ।सरस्वतीको पुजा अर्चनामा मुर्तिको प्रतिमाको आवश्यक्ता पर्ने भएकाले जिल्लाको बरहथवा,गोडैता,धनकौल,रामनगर,हरिपुर्वा,ब्रम्हपुरी,पर्सा लगायतका विभिन्न स्थानहरुमा सरस्वतीको मुर्ति बनाउन कालिगढहरुलाई चटारो परेको छ ।
एउटा सरस्वातीको मुर्ति तीन हजार देखि पाँच हजार सम्ममा बिक्रि हुने गरेको मुर्तिकार रवि महतोले बताए ।प्रत्येक वर्ष सरस्वती पुजाको समयमा एक महिनामा मुर्ति बनाएरै फुर्सद नहुने मुर्तिकार महतोले बताए ।
जिल्लाका निजी तथा सामुदायिक विद्यालयहरुले सरस्वती पुजाको दिनमा विद्यालयमा मुर्तिको प्रतिमा प्रतिस्थापन गरेर पुजा गर्ने गरेका कारण आफुहरुलाई मुर्ती बनाउन भ्याइ नभ्याई हुने अर्का मुर्तिकार कपिल रामले बताए । सरस्वती पुजाको मुर्ति बनाएर आफुले करीब एकलाख कमाउने मुर्तिकार रामले बताए ।
जिल्लाका कतिपय विद्यालयहरुले सरस्वतीको मुर्ति बनाउन पहिलै जमान दिने र केही मुर्तिहरु आफैँले बनाउने गरेको भएपनि सरस्वती पुजाको समयमा सबै मुर्ति बिक्ने गरेका जिल्लाका मुर्तिकारहरुले बताए ।