बागमती नगरपालिकाको कार्यवाहक नगर प्रमुखको जिम्मेवारी मोक्तानलाई

373 Shares

सर्लाहीको बागमती नगरपालिकाको कार्यवाहक नगर प्रमुखको जिम्मा लीला कुमारी मुक्तानले पाएकी छन्।बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेपछि नैतिकताको आधारमा नगर प्रमुख थापाले छानविनका लागि सहयोग गर्न भन्दै आफ्नो जिम्मेवारी नगर उप प्रमुख मोक्तानलाई सुम्पीएका नगर प्रमुख थापाका स्वकीय सचिव सागर मैनालीले जानकारी दिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको चैत २८ गते विशेष अदालतमा मुद्दा दायर गरेपछि नगर प्रमुख थापा पदमुक्त भएपछि नगर उप प्रमुख मोक्तानले कार्यवाहक नगर प्रमुखको जिम्मेवारी सम्हालेकी हुन।बागमती नगरपालिका नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले नगर उप प्रमुख मोक्तानलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी सुम्पीएको हो।“आफु विरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप लगाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेपछि आफुमाथि लागेका आरोपहरुको विषयमा छानविन गर्न सहयोग पुर्याउन भन्दै नैतिकताको आधारमा आफुले पद छाडेको”नगर प्रमुख थापाले बताए ।
बागमती नगरपालिकाका नगर प्रमुख थापा विरुद्ध रु पाँच करोड ३३ लाख ५३ हजार एक सय ८१ रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।नगर प्रमुख थापाले २०७४ असोज ७ गतेदेखि जिम्मेवारी सम्हालेदेखि २०७९ माघ २९ सम्मको अवधिमा हिसाब गर्दा उनको कुल वैद्य आय रु सात करोड ८६ लाख ५० हजार दुई सय एक रूपैयाँ देखिएको तर १३ करोड २० लाख तीन हजार तीन सय ९१ रूपैयाँ खर्च देखिएकाले आम्दानी र खर्च मेल नखाएको अख्तियारले विज्ञप्तिमा उल्लेख छ ।नेकपा९माओवादी केन्द्र०बाट पहिलो कार्यकालका लागि निर्वाचित भएका नगर प्रमुख थापा दोस्रो कार्यकालका लागि पनि नगर प्रमुख थापा नै निर्वाचित भएका छन् ।
कुनै कारणले नगर प्रमुख वा गाउँपालिका अध्यक्ष निलम्बनमा परेपछि उप प्रमुख वा उपा अध्यक्षले स्वतःकार्यवाहकको जिम्मेवारी पाउने कानूनमै व्यावस्था रहेको छ।“अब कहीँकतै योजना माग गर्दा होस् वा सिफारिस गर्नुपर्दा कार्यवाहकको हिसाबले मैले नै हस्ताक्षर गर्छु ।”कार्यवाहक नगर प्रमुख मोक्तानले जानकारी बताईन् ।

सम्बन्धित समाचार