सर्लाहीको कविलासीनगरपालिका १० बाट सशस्त्र प्रहरीले ठुलाे मात्रामा कपडा सहित एउटा अटाे नियन्त्रणमा लिएको छ । मलंगवाबाट सलेमपुर तर्फ जाने क्रममा विशेष सुचनाका आधारमा ना २ ह १८६४ नम्बरकाे अटाे सहित त्रिपाल,साडी र गम्छा लगायतका कपडाहरु सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवाकाे टाेलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा. गण सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार ना. २ ह १८६४ नम्बरकाे अटाेकाे मूल्य अन्दाजी तीन लाख ५० हजार सहित साडी ४९ पिस,गम्छा एक सय ३७ पिस र त्रिपाल २१ पिस गरि अन्दाजी चार लाख ३६ हजार आठ सय ५० बराबरकाे सामान नियन्त्रणमा लिएको र आवश्यक कार्बाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवा बुझाएको छ ।
पछिल्लो समय सर्लाहीका सीमानाकाहरुबाट तस्करी भएको विशेष सुचनका आधारमा सशस्त्र प्रहरीले आफ्नाे सक्रियता देखाएपछि भन्सार छलिका विभिन्न किसिमका सामानहरु धमाधम नियन्त्रणमा लिई रहेकाे छ ।