Close This

कोरोना कहरका बिच पनि मजदुरीका लागि सर्लाहीबासी भारत जान थाले

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-६-१० गते   २८५० पटक हेरिएको

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९) को विरुद्ध घोषणा गरिएको देशव्यापी निषेधाज्ञा हटेपटि जिल्लाको जनजीवन सहज बन्दै गएको छ । गत चैत्र ११  देखिको जारी निषेधाज्ञा करिब ६ महिना पछि हटेपछि जिल्लाबासीको जनजीवन सामान्य बन्न थालेको छ ।
यो करिब ६ महिनाको अबधिमा हुनेखानेलाई भन्दा बिहान खाए बेलुका के खाउँ भन्नेहरुलाई थप मारपरेको थियो । दिनभर अरुको काम गरेर बिहान बेलुका दुई छाक टार्न धौ धौ हुनेहरुलाई निषेधाज्ञाले नराम्रो मार पारेको छ ।
गरीविको रेखाुमुनी रहेका तिनै मजदुर नेपालीहरु अहिले देशको अवस्था सामान्य बनेपछि रोजगारीको सिलसिलामा निस्कन थालेका छन । छिमेकी देश भारतसंग खुल्ला सिमाना हुनु रोजगारीको सिलसिलामा छिमेकी देशनै जाने प्रचलन पुनः दोहोरीएको छ ।
छिमेकी देश भारतमा कोरोना संक्रमणको दर दिनहुँ तीव्र रुपमा बढिरहे पनि मजदुरी नगर्दा परिवार पाल्नै गाह्रो भएको भन्दै जिल्लाबाट दैनिक कामको खोजीमा ठूलो संख्यामा स्थानीयहरु भारततर्फ जान थालेका छन ।
देशकै धेरै स्थानिय निकाय रहेको जिल्लामा करिब ६÷७ वटा स्थानिय निकायको भारतसंग खुल्ला सिमाना जोडिएको छ । जिल्लामा उद्योगधन्दा,कलकारखाना नहुँदा जिल्लाबासी भारतका विभिन्न स्थानमा रोजगारीको सिलसिलामा जाने गरेका पाइएको स्थानिय उमाशंकर साहले बताउनु भयो । 
जिल्लाका अधिकांश नागरीकहरु वर्षमा करिब ९ महिना भारतका विभिन्न स्थानमा गएर काम गर्ने र भएको कमाइले बाँकी तीन महिना आफ्नो गाउँमा बसेर खाने गर्दछन । “चाडपर्वको समयमा आफ्नो गाउँ फर्किने र अरु समयमा भारतमै मजदुरी गरी बस्ने गरेको एक मजदुरविनय महत्तोले बताए । नेपाल काम गर्दा ज्याला पनि थोरै हुन्छ काम पनि लामो समयसम् मगर्न पाइदैन । छोराछोरी पाल्नै पर्यो, घर व्यावहार चलाउनै पर्यो । अहिले गएर २ महिना काम गरेपछिदिपावली मनाउन खर्च पुग्छ ।” उनले भने
जिल्लाका प्रति स्थानिय निकायहरुबाट सयौंको संख्यामा स्थानीयहरु कामको खोजीमा भारतका विभिन्न राज्यमा जान सुरु गरि सकेका  गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्र राय यादवले बताउनु भयो ।
उहाँका अनुसार गोडैताबाट करिब ४ सय स्थानीय रोजगारीका लागि भारत गएका छन् । नेपाली कामदार लिन भारतका विभिन्न स्थानबाट रिजर्भ बसहरु सीमावर्ती बजारका बस पार्कमा आएर बस्ने गरेका छन् । रिजर्भ बसहरुमा करिब ४ हजार ५ सय सम्म भाडा तिरेर कामदारहरु काम गर्ने स्थलतर्फ जान थालेका छन ।
सीमावर्ती क्षेत्रमा पर्ने बलरा नगरपालिकाबाट पनि रोजगारीका लागि भारत जानेहरुको लर्को रहेको नगर प्रमुख अभय कुमार सिंहले जानकारी दिनु भयो । स्थानीय स्तरमा रोजगारी उपलब्ध नभएकाले कोरोना सङ्क्रमणकै बीचमा पनि बाध्य भएर भारत जानु परेको स्थानीयले बताउने गरेका छन ।
भिसा पनि नचाहिने र सहजै रुपमा जान आउन सकिने भएको हुँदा जिल्लाबाट मजदुरीको लागि भारतको पञ्जाब, दिल्ली, मुम्बई र सुरतमा धेरै कामदारहरु जाने गरेका पाइएको छ । त्यहाँ पुग्नेहरुले विभिन्न उद्योग, कल कारखानामा तथा उखु काट्ने, गहुँ भित्रयाउने लगायतको काम गर्ने गरेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech