Close This

यातायात मजदुरलाई खाद्यान्न सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-२ गते   ४१९ पटक हेरिएको

सर्लाहीका  यातायात व्यवसायी तथा मजदुरलाई मधेस यातायात स्वतन्त्र मजदुर संघ मलंगवाले राहत वितरण गरेको छ ।
जिल्ला सदरमुकाम मलंगवाबाट देशको विभिन्न ठाउँका लागि लामो तथा छोटो दुरीमा चल्ने बसमा कार्यरत यातायात  व्यवसायी तथा मजदुरहरूलाई  राहत वितरण गरेको छ । अचानक भएको लक डाउनका कारण परेको समस्या समाधान गर्न राहत वितरण गरिएको मधेस यातायात स्वतन्त्र मजदुर संघ मलंगवाका अध्यक्ष सरोज कुमार साहले बताउनु भयो ।
विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस विरुद्ध जारी लक डाउनका कारण जिल्लाका यातायात व्यावसायीहरु जहा पुग्यो त्यहि अड्किएका थिए । भने आफुहरुसंग साथमा भएको रकम पनि सकिएपछि समस्यामा परेका भन्ने समाचार विभिन्न सञ्चार माध्यमबाट प्रकाशन प्रसारण भएपछि संघको ध्यानाकर्षण भएको हो ।
लकडाउनले यातायात मजदुर तथा उनीहरूको घरपरिवारको  दैनिकी कष्टकर भएको भन्दै यातायात मजदुरहरुको जीविका सहज बनाउन केही भएपनि राहतको व्यावस्था गरेको संघले जनाएको छ । संघले राहत स्वारुप खाद्यान्न सहयोग गरेको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech