जिप्रका सर्लाहीको डीआईजी कुँवरद्धारा निरिक्षण,

1.1k Shares

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख एवम  प्रहरी नायब महानिरीक्षक(डीआईजी)वसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय सर्लाहीको निरीक्षण गरेका छन् । भरखरै सरुवा भएरमधेश प्रदेश प्रहरी कार्यालयको प्रमुख भएर आएका प्रहरी नायब महानिरीक्षक(डीआईजी) कुँवरले जिल्ला प्रहरी कार्यालय सर्लाहीको निरिक्षण गरेका हुन ।
निरिक्षणका क्रममा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख एवम प्रहरी नायब महानिरीक्षक(डीआईजी) कुँवरले जिल्लाका प्रहरी प्रमुखसहित अन्य प्रहरी अधिकारी र मातहतका प्रहरी युनिटका इन्चार्जहरुलाई विवादमा नपर्ने गरी कानून अनुसार काम गर्न निर्देशन दिएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेश राज सुवेदीले जानकारी दिए । 
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख एवम प्रहरी नायब महानिरीक्षक(डीआईजी) कुँवरले सीमा नाकामा हुने तस्करीमा कडाई,नदीजन्य पदार्थको अवैद्य उत्खन्न रोक्नलगायत जिम्मेवारी अनुसारको काम गर्न निर्देशन दिएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख एवम प्रहरी नायब महानिरीक्षक(डीआईजी) कुँवरलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवेदीले जिल्लाको शान्ति सुरक्षा र वस्तुस्थितबारे जानकारी गराएका थिए ।

सम्बन्धित समाचार