Close This

उबा संघ लालबन्दीको भवन करिब डेढ करोडमा बन्ने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-११-२३ गते   ३९१ पटक हेरिएको

नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ट उपा अध्यक्ष शेखर गोल्छाको प्रमुख आतिथ्यतामा उद्योग बाणिज्य संघ लालबन्दीको भवन सिलान्यास कार्यक्रममा फोटो रितिक अधिकारी

उद्योग बाणिज्य संघ लालबन्दीले करिब डेढ करोडमा आफ्नो भवन निर्माण गर्ने भएको छ । लालबन्दी नगरपालिका ६ मा निर्माण हुने भवनको बिहीबार नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ट उपा अध्यक्ष शेखर गोल्छाले नयाँ बन्ने भवनको सिलन्यास गर्नु भएको हो । 
उद्योग बाणिज्य संघ लालबन्दीले एक कार्यक्रमको आयोजना गरी रु १ करोड ४४ लाखको लागतमा निर्माण हुने अढाई तले भवनको सिलान्यास गरेको उद्योग बाणिज्य संघ लालबन्दीले जनाएको छ । उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशीको अध्यक्षता तथा नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ट उपा अध्यक्ष शेखर गोल्छाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न दाताहरुको सहयोगमा संकलन भएको रकमले उद्योग बाणिज्य संघ लालबन्दीको आफ्नै भवन निर्माण गर्ने योजना अनुसार भवनको सिलन्यास गरिएको उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष जोशीले बताउनु भयो।
भवन निर्माण स्थलमै भएको कार्यक्रममा प्रदेश सभा सदस्य बेची लंगेली,सन्चमाया मोक्तान,पुर्व राज्य मन्त्री शम्भुलाल श्रेष्ठ,लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्का लगायतको उपस्थिती रहेको थियो । मुन मल्टीप्रपोज कन्ट्रक्सनले करिब डेढ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने सहमतीमा भवन निर्माणको ठेक्का लिएको उद्योग बाणिज्य संघ लालबन्दीले जनाएको छ ।


उद्योग बाणिज्य संघमा आवद्ध भएर व्यापार व्यावसाय गर्न कार्यक्रमका वक्ताहरुले आग्रह गरेका छन । पछिल्लो समयमा व्यापार व्यावसाय गर्नेहरुको संख्यामा निकै बृद्धि भएको भन्दै करको दायरमा आएर राज्यलाई पनि कर तिरेर व्यापार व्यावसाय गर्न नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ट उपा अध्यक्ष गोल्छाले आग्रह गर्नु भयो । व्यापार व्यावसाय देश विकासको मेरुदण्ड भएका कारण व्यापारी व्यावसायीहरुले कर तिर्दा देश विकासमा सहयोग पुग्ने भन्दै कर तिरेर कानूनी रुपमा व्यापार व्यावसाय गर्न कार्यक्रमका वक्ताहरुले आग्रह गरेका हुन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech