सर्लाहीको लालबन्दी नगर वाङ्मय परिषद् “भाषा तथा साहित्य पुरस्कार–२०८२”का लागि १० कृतिहरू छनोट भएका छन्।भाषा,कला,साहित्य,सङ्गीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित लालबन्दी नगर वाङ्मय परिषद्ले पुरस्कारका लागि १० वटा कृतिहरु छनोट गरेको परिषद्का अध्यक्ष अच्युत अधिकारीले जानकारी दिए ।
उनका अनुसार स्वतन्त्र विज्ञहरू सहितको सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा रमेश क्षितिजको एउटा मायी नगरमा (कथा सङ्ग्रह),माधवी वियोगीको कर्मयोगी षडानन्द(महाकाव्य),राजकुमार राईको किवाहाङ (उपन्यास),ठाकुर बेलबासेको चोटहरूको उत्सव(कविता),डा.रेणुका सोलुको तुइन जिन्दगी (निबन्ध),जुनु रानाको रातो नदी (कविता),बाबु त्रिपाठीको सालिक हराएको देश (कविता),डा.श्रीधर खनालको सावर्णि (उपान्यास),शंकर प्रसाद गैरेको सूतपुत्र (उपन्यास) र अर्जुन बाबु दाहालको हिँड्न बाँकी बाटाहरू (कविता)सङ्ग्रह छनोट भएका छन् ।
वाङ्मय परिषद्लाई प्राप्त एक सय २२ कृतिहरूमध्ये सम्मान तथा पुरस्कार छनोट समितिले छनोट गरी सूचीकृत गरेका १० वटा कृतिहरू मध्येबाट उत्कृष्ट एक कृतिलाई वाङ्मय परिषद्ले पुरस्कृत गर्ने अध्यष अधिकारीले बताए।सम्मान तथा पुरस्कार छनोट समितिले उक्त १० वटा कृतिहरू मध्येबाट पुनःएक उत्कृष्ट कृति सिफारिस गरेपछि उक्त कृतिलाई लालबन्दी नगर वाङ्मय परिषद् “भाषा तथा साहित्य पुरस्कार २०८२”प्रदान गरिने छ।“भाषा तथा साहित्य पुरस्कार २०८२”पुरस्कारको राशि रु. ५० हजार रहेको छ।परिषद्ले हरेक वर्ष उत्कृष्ट कृतिहरुलाई छनोट गरी सम्मान तथा परस्कृत गर्ने गरेको छ ।