मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिंहलाई संघिय सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले सम्मान गरेका छन् ।संघिय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा विश्व मानसिक स्वास्थ्य दिवशको अवसरमा काठमाण्डौँमा भएको कार्यक्रममा मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहलाई प्रधानमन्त्री प्रचण्डले खादा र प्रमाण पत्रका साथ सम्मान गरेका मन्त्री सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले जानकारी दिए ।
उनका अनुसार मधेश प्रदेश सरकार र स्वासथ्य तथा जनसंख्या मन्त्री सिंह ७ वटै प्रदेशहरुको तुलनामा स्वास्थ्य जस्तो संवेदनसिल विषयमा निकै सुधार गर्न सफल भएका भन्दै संघिय सरकारबाट सम्मान गरिएको हो ।मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री भएदेखि नै सिंहले सबै प्रादेशिक अस्पतालहरुमा बेड निःशुल्क गर्नुका साथै सबै नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउने काम सुरु गरेका मन्त्री सिंहका स्वकीय सचिव त्रिपाठीले जानकारी दिए ।युवा तथा जनताका प्रिय मन्त्री सिंह नेपाली कांग्रेस मधेश प्रदेशका उप सभापति समेत हुन ।