नेकपा(माओवादी केन्द्र)को स्थापनाको २७ औँ जनयुद्ध दिवसका अवसरमा नेकपा(माओवादी केन्द्र) सर्लाहीले विभिन्न कार्यक्रम गरेको छ । माओवादी केन्द्र सर्लाहीले जिल्लाको लालबन्दी,हरिवन,बागमती,बरहथवा र हरिपुरमा विभिन्न कार्यक्रम गरिएको हो ।
२७ औँ जनयुद्ध दिवसका अवसरमा आइतबार लालबन्दी नगरपालिका १४, नारायण खोलामा करिव २५ जना पूर्व लडाकुहरुलाई सम्मान गरिएको लालबन्दी नगर कमिटि सचिव राजन कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार माओवादी केन्द्रको जनयुद्धको क्रममा जनमुक्ती सेनामा रहेर पार्टीलाई उल्लेख्य भुमिका निर्वाह गरेको भन्दै नगरभित्रका २५ जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
पार्टीका नगर कमिटी अध्यक्ष लेखराम जर्गा मगर (अर्जुन)को अध्यक्षतामा आयोजित कार्यक्रममा माओवादी केन्द्र मधेश प्रदेशका प्रदेश कमिटि सदस्य मनिष माझी, योङ्ग कम्युनिष्ट लिग नेपाल(वाईसियल नेपाल) मधेश प्रदेशका संयोजक सन्देश श्रेष्ठ,सह संयोजक समिर गदाईली,जिल्ला कमिटि सदस्य कृष्ण गौतम लगायतले आफ्ना धारणा राखेका थिए ।
नेकपा(माओवादी केन्द्र)को स्थापनाको २७ औँ जनयुद्ध दिवसका अवसरमा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग नेपाल(वाईसियल नेपाल) लालबन्दी नगर कमिटिले लालबन्दीमा,हरिवन नगर कमिटिले हरिवन,बरहथवा र बागमतीमा दिवशकै अवसरमा साँझ दीप प्रज्वलन समेत गरिएको योङ्ग कम्युनिष्ट लिग नेपाल(वाईसियल नेपाल) मधेश प्रदेशका संयोजक श्रेष्ठले जानकारी दिनु भयो ।
त्यसैगरी,हरिवन नगरपालिका ८, मा माओवादी केन्द्रको वडा पार्टी कार्यालय उद्घाटन गरिएको माओवादी केन्द्र हरिवन नगर कमिटि सह सचिव विवेक मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा कमिटीका अध्यक्ष रामचन्द्र गौतमको अध्यक्षतामा कार्यक्रम गरिएको हो ।