अबको तीन महिना भित्रमा ऐन ल्याएर खेलकुदको काम तिब्र पार्ने प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र सिंहले बताउनु भयो । प्रदेश खेलकुद ऐन आफनो पहिलो प्राथमिकता रहेको बताउनु हुदै उहाँले अबको तीन महिना भित्रमा खेलकुद ऐन ल्याएर प्रदेशको खेलकुद क्षेत्रको काम तिब्र पार्ने बताउनु भयो । बाराको निजगढमा आयोजित नेपाल तेक्वान्दो संघ प्रदेश कार्य समिति प्रदेश नं. २ को कार्यालय उद्धघाटन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले यस्तो बताउनु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मन्त्री सिंहले प्रदेश सरकारमा खेलकुदको अवस्था शुुन्यमा जस्तै रहेको बताउदै ऐन बनाएर काम गर्न ढिला हुने भएकोले शुरुमा कार्यविधि ल्याएर काम अघि बढाउन लागेकोे समेत उहाँले बताउनु भयो । मन्त्री सिंहले बिभिन्न खेलको प्रदेश स्तरीय टिम बनाई प्रशिक्षण गराउने, विद्यालय स्तरबाटै खेलकुद प्रशिक्षण शुरु गराउन यही बर्ष आठ जिल्लाका १६ बिद्यालयमा नमुनाका रुपमा शुरु गर्ने समेत बताउनु भयो । उहाँले यस बर्ष प्रदेश, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता गराउन प्रयत्नशिल रहने र सम्पुर्ण खेल सामाग्री आठै जिल्लामा पुराउने समेत बताउनु भयो । हरेक जिल्लामा कवर्डहल निर्माण आफनो प्राथमिकतामा रहेको समेत मन्त्री सिंहले बताउनु भयो ।

कार्यक्रममा निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनालले तेक्वान्दो खेलको माध्यमबाट प्रदेश र जिल्लाको नाम उच्च राख्न सफल भएको बताउनु भयो । नगरप्रमुख खनालले शहिद हिरालाल रंगशाला निर्माणमा सहयोग पुराउन मन्त्री ंिहलाई अनुरोध गर्दै आफुले तेक्वान्दो खेलको विकासमा समेत सहयोग गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य गुरुप्रसाद गौतमले प्रदेश नं. २ तेक्वान्दो खेलको अन्तराष्ट्रिय खेलाडी रहेको र धेरैले पदक समेत ल्याएको बताउनु भयो । प्रदेश र स्थानीय सरकारले खेल र खेलाडीहरुको विकासलाई प्राथमिकता दिनु पर्ने उहाँले बताउनु भयो । स्थानीय सरकारका १२ वटा पिलर मध्ये खेल पनि एक रहेकाले खेलाडीहरुको क्षमता अभिबृदीका लागि प्रतियोगिता र सम्मान आवश्यक रहेको उहाँले बताउनु भयो ।

तेक्वान्दो समिति निजगढले निजगढ नगरपालिका ८ को कवर्डहलमा आयोजना गरेको कार्यक्रममा नेपाल तेक्वान्दो संघ प्रदेश कार्य समिति प्रदेश नं. २ का अध्यक्ष पेमासिद्धि लामाको अध्यक्षता,मन्त्री सिंहको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल तेक्वान्दो संघ प्रदेश कार्य समिति प्रदेश नं. २ का अध्यक्ष पेमासिद्धि लामाले प्रदेश सरकार, प्रदेश नं २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री सिंहलाई सम्मान समेत गर्नु भएको छ । मन्त्री सिहले नेपाल तेक्वान्दो संघ प्रदेश कार्य समिति प्रदेश नं. २ को कार्यालयको समेत उद्धघाटन समेत गर्नु भएको हो ।