सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित करदाता सेवा कार्यालय लालबन्दी नजिकैबाट दुई वटा मोटरसाईकल र अन्दाजी १२ किलो प्रतिवन्धित लागु औषध गाँजा सहित एक जनालाई लालबन्दी प्रहरीले नियन्त्रणमा लिएको छ ।
आईतबार दिउँसो अन्दाजी ३ बजे लालबन्दी नगरपालिका ७ स्थित करदाता सेवा कार्यालय लालबन्दी नजिकै प्रदेश २ ०३ ००१ प ४२७७ नम्बरको मोटरसाईकल शंकालागी चेकजाँच गर्दा अर्काे नम्बर नखुलेको मोटरसाईकल गरी दुई वटा मोटरसाईकल र अन्दाजी १२ किलो प्रतिवन्धित लागु औषध गाँजा सहित लालबन्दी नगरपालिका १४ का अन्दाजी वर्ष २६ का गंगा बहादुर थोकरलाई ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार एकजना प्रहरीलाई देख्ना साथ मोटरसाईकल छाडि भागेका र उनको खोजी कार्य जारी रहेको साथै पक्राउ परेका थोकरलाई ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा राखि आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।