Close This

निषेधाज्ञा सकिन अब १ दिन बाँकी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-३१ गते   ४५१ पटक हेरिएको

सर्लाहीमा निषेधाज्ञा जारी भएको शनिवार छैटौंँ दिन भएको छ । छैटौंँ दिनको अवधीमा जिल्लाका हाटबजार, कार्यालय, बैंक तथा वित्तीय संस्थाहरु बन्द रहेका छन् । भने हाट बजार क्षेत्र सुनसान हेका छन ।
कोरोना संक्रमणको अवस्था हेरेर निषेधाज्ञा थप्ने वा हटाउने निर्णय गरिने सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनु भयो । निषेधाज्ञाकै बीचमा पनि जिल्लामा थुपै्र संक्रमित बढेकाले साउन ३२ गते आईतबार अर्थात भोलीबाट पनि पुनः निषेधाज्ञाको समय थप हुने सम्भावना बढेको छ । सबै क्षेत्रको राय सुझाव लिएर यसबारेमा आइतवार निर्णय गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।
समुदाय स्तरमै कोरोना भईरस संक्रमण देखिन थालेपछि जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रले साउन २६ गतेदेखि एक साताका लागि अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरी जिल्लाभर निषेधाज्ञा लागू गरेको हो । निषेधाज्ञामा अत्यावश्यक प्रयोजनमा प्रयोग हुने सवारी मात्रै सञ्चालन गर्न दिने भनिएपनि केही निजी तथा साना किसिमका भाडाका सवारी साधनहरु सञ्चालन भएका छन । भने अनावश्यक रुपमा हुने हिँड्डुल केही नियन्त्रण भएको छ ।
बजार क्षेत्रमा मास्कको प्रयोग गर्ने र भौतिक दूरी कायम गर्नेहरु पनि पछिल्ला दिनमा बढेका छन् । सरकारले जोखिमको सूचीमा राखेको सर्लाहीमा कोरोना संक्रमितको संख्या ९ सय नाघिसकेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech