पूर्व–पश्चिम लाेकमार्ग अन्तर्गत सर्लाहीको बाँके चोकमा साेमबार बिहान बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् ।
काँकडभिट्टाबाट भैरहवाका लागि छुटेको बा ४ ख ३३७८ नम्बरको बस साेमबार बिहान करिब ३ बजेकाे समयमा पूर्व–पश्चिम लाेकमार्गबाट श्रीनगरतर्फ जाने बाँके चोक नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ।
बस अनियन्त्रित भइ सडककाे छेउमा पल्टिंदा घाइते भएका यात्रुको लालबन्दी र बयलबासमा रहेका स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलबासले जनाएको छ ।
घाइते मध्ये बसका सह–चालक झापाको मेचिनगर नगरपालिका ७, बस्ने अन्दाजी २१ वर्षीय प्रदीप पुरीको अवस्था भने गम्भीर रहेकाे प्रहरीले जनाएको छ । पुरीलाई लालबन्दीमा सामान्य उपचार पश्चात थप उपचारका लागि झापातर्फ नै पठाएको छ ।
अन्य घाइतेको अवस्था सामान्य रहेको र उपचार पश्चात धमाधम डिस्चार्ज भइरहेका ईलाका प्रहरी कार्यालय केशरगञ्ज,बयलवाले जानएकाे छ ।दुर्घटनापछि बस र बसका चालक प्रहरीकाे नियन्त्रणमा रहेका छन् । के कारणले बस दुर्घटनामा भएको हाे भन्ने विषयमा प्रहरीले अनुमान सुरु गरेकाे छ ।