सर्लाहीका विभिन्न स्थानमा भएको मोटरसाईकल दुर्घटनामा एकको मृत्यु भएको छ भने सात जना घाईते भएका छन्।बागमती नगरपालिका १२ स्थित बागमती पुलबाट बागमती माछा पोखरी(भरत ताल)तर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०३१ प ४९२३ नम्वरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ज ११ प ५५०५ नम्वरको मोटरसाइकले पछाडिबाट ठक्कर दिँदा बाराको कोल्हबी नगरपालिका ९ की अन्दाजी वर्ष ४२ की इन्द्रवती देवी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त दुर्घटनामा मधेश प्रदेश ०३–०३१ प ४९२३ नम्वरको मोटरसाइकलका चालक इन्द्रवतीका छोरा अन्दाजी वर्ष ३२ का दीपक चौधरी र सोही मोटरसाइकलमै सवार इन्द्रवतीका अर्का छोरा अन्दाजी वर्ष २८ का रामरुप चौधरी घाइते भएका छन् ।सामान्य घाइते रहेका चौधरी दाजुभाईको चन्द्रनिगाहपुरमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।
चौधरीका दुई दाजुभाई र आमा सवार मोटरसाइकललाई ठक्कर दिने ज ११ प ५५०५ नम्वरको मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका ९ का अन्दाजी वर्ष २० का बिशाल महतो र सोही मोटरसाइकल पछाडि सवार भारतीय नागरिक अन्दाजी २० वर्षीय प्रेमकुमार भगत समेत सामान्य घाइते भएका छन् ।
यस्तै,बागमती नगरपालिका १२ कै बथाने टोलमा बागमती माछा पोखरी(भरत ताल)तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०५७ प ७८७९ नम्वरको मोटरसाइकललाई प्रदेश ०२–०३–००१२ प २४३० नम्वरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा तीन जना घाइते भएका प्रहरीले जनाएको छ ।
दुर्घटनामा पछाडिबाट ठक्कर दिने प्रदेश ०२–०३–००१२ प २४३० नम्वरको मोटरसाइकलका चालक रौतहटको चन्द्रपुर नगरपालिका १० का अन्दाजी १८ वर्षीय घनश्याम चौधरी, बागमती प्रदेश ०२–०५७ प ७८७९ नम्बरको मोटरसाइकलका चालक रौतहटको दुर्गा भगवती गाउँपालिका १ का अन्दाजी १८ वर्षीय राजु चौधरी र सोही मोटरसाईकलमा पछाडि सवार उनकी आमा अन्दाजी ४५ वर्षीया राधिका देवी चौधरी घाइते भएका छन् ।दुवै मोटरसाइकल चालक उपचारपछि डिस्चार्ज भइसकेका छन् भने राधिको स्थानीय स्वास्थ्य संस्थामा उपचार भई रहेको छ भने दुर्घटनामा संग्लग्न सवारी साधनहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।