भवन र अभिलेखसंगै नागरिकको आशा पनि खरानी

418 Shares

“जेन जी”पुस्ताको आन्दोलनका क्रममा सोमबार र मंगलबार भएको आक्रमणले देशभरका सरकारी कार्यालयहरुका प्रशासनिक संरचनामा अभूतपूर्व क्षति पु¥याएको छ।वडा कार्यालयदेखि गाउँपालिका नगरपालिका तथा अन्य सरकारी कार्यालयहरु तथा संरचनाहरुमा आगजनी र तोडफोड हुँदा त्यहाँ सुरक्षित रहेका नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने हजारौँ महत्वपूर्ण कागजात र दस्तावेज खरानी भएका छन् ।
यी भवनमा सुरक्षित रहेर नागरिकले दैनिक जीवनमा लिनुपर्ने जन्म,मृत्यु,विवाह,सम्बन्धविच्छेद र बसाइँसराइ दर्ता सम्बन्धी अभिलेख मात्र नभई शिक्षा, स्वास्थ्य, कृषि, जग्गा जमिन,धार्मिक सम्पदा र विकास निर्माणसँग सम्बन्धित सम्झौता,प्रतिवेदन र नीतिगत निर्णयसमेत आगलागीले पूर्ण रूपमा नष्ट भएका छन् ।यसले न त सामान्य सेवाग्राहीले सुविधा पाउने अवस्था बाँकी छ, न त निकट भविष्यमा सहज रूपमा ती सेवा प्रवाह हुने आशा नै बाँकी छ।सेवा अवरुद्ध हुँदा नागरिक जीवनमा कष्ट थपिएको छ भने पुनर्निर्माण र अभिलेख पुनःस्थापना गर्ने कार्य अत्यन्त कठिन र दीर्घकालीन बन्ने देखिएको छ ।

images.jpeg
संघीय राजधानी काठमाण्डौँका धेरैजसो नगरपालिका कार्यालय, पोखरा,विराटनगर,इटहरी, धरान, जनकपुर,वीरगन्ज,हेटौँडा र धनगढी जस्ता प्रमुख सहरका प्रशासनिक भवन र तिनका वडा कार्यालयमा आगजनी हुँदा सबैभन्दा ठूलो क्षति नागरिकतासम्बन्धी र जग्गा दर्तासम्बन्धी अभिलेखमा परेको नेपाल नगरपालिका संघले जनाएको छ।संघका अनुसार अहिलेको क्षतिले नागरिकलाई आधारभूत सेवा दिनै नसक्ने संकट ल्याएको छ ।
भवन र सम्पत्ति मात्र नभई प्रशासनिक आधार नै मेटिएको लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले बताए । उनका अनुसार लालबन्दी नगरपालिकाका सरकारी सवारी साधनहरु देखि प्रशासनिक कागजात केही पनि बाँकी छैन।भवन समेत जलेर पुर्ण रुपमा क्षेत्री भएको छ ।

hp.jpeg
“नेतृत्व आउने(जाने कुरा हो,तर सेवा दिने संरचना नै नष्ट भएपछि नागरिकको आधारभूत अधिकार अवरुद्ध भएको छ,”हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले बताए।उनका अनुसार नगरपालिका कार्यालय सहित विभिन्न वडाहरुमा पूर्ण रूपमा क्षति पुगेको छ।त्यसैगरी बागमती,बरहथवा,हरिपुर र इश्वरपुर नगरपालिकाको कार्यालयमा तोडफोड गर्नुका साथै कागजातहरु तथा फर्निचरहरुमा प्रदर्शनकारीहरूले आगजनी गर्दा जलेर पुर्ण रुपमा क्षेती भएको छ ।संविधान मै उल्लेखित तीन तहको सरकार मध्य स्थानीय सरकारका संरचनाहरु नष्ट हुँदा सेवा प्रवाह गर्न समस्या भएपछि अर्काे सूचना जारी नहुँदा सम्म कामकाज प्रभावित भएका सूचनाहरु स्थानीय सरकारहरुले धमाधम जारी गर्न थालेका छन् ।
यसरी स्थानीय तहका संरचना भत्किनु र दस्तावेज नष्ट हुनु केवल भौतिक क्षति मात्र नभई राज्य सञ्चालन र नागरिक अधिकारमै प्रत्यक्ष प्रहार भएको स्थानीय जानकारहरु बताउँछन् । उनीहरुका अनुसार सरकारले शिक्षा, स्वास्थ्य र विकासको बजेट प्रशासनिक भवन पुनर्निर्माणमै लगाउनुपर्ने बाध्यता सिर्जना हुँदा समग्र देशकै आर्थिक बोझ बढ्ने निश्चित छ । पुनर्निर्माणको बाटो लामो र कठोर देखिए पनि तत्कालीन क्षतिपछि नागरिकलाई सेवा दिन सक्ने वैकल्पिक व्यवस्था नगरेसम्म जनजीवन अझै बढी कठिन बन्ने स्पष्ट रहेको नागरिक अगुवाहरुको भनाई छ ।भने हाल सम्मपनि कहाँ के कति क्षेती भयो भन्ने विवरण संकलन हुन सकि रहेको अवस्था छैन् ।अवस्था सामान्य वनि नसकेका कारण देशभरका धेरै स्थानहरुमा कफ्र्यु आदेश जारी नै छ भने “जेन जी”पुस्ता र सरकोरावाला विच वार्ता जारी रहेको छ ।

सम्बन्धित समाचार