प्रमुख प्रशासकीय अधिकृत राईको सवालमा हरिहरपुरगढीमा गाउँपालिका अध्यक्ष वाईवा र उपाअध्यक्ष थिङ विच आरोप प्रत्यारोप

468 Shares

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईवाले अहिले पनि कर्मचारीहरु संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको संविधान,नीति,मर्म र भावना विपरित चल्ने गरेका आरोप लगाएका छन्।गाउँपालिकामा उपाअध्यक्ष चेख वहादुर थिङ र प्रमुख प्रशासकीय अधिकृत अजम्बर राईले देखाएको दादागिरीको खण्डन गर्दै गाउँपालिका अध्यक्ष वाईवाले सबै कर्मचारीहरु र जनप्रतिनिधिहरुले नेपालको संविधान,स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित नियम कानुनको पालना गर्नुपर्ने समेत बताए ।
संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको संविधान,स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ र प्रचलित नियम कानुनको पालना नगरी प्रमुख प्रशासकीय अधिकृत राईले आफु गृह मन्त्रालयबाट आएको कर्मचारी भएकाले गाउँपालिका अध्यक्ष वाईवाले हाजिर गराउनु पर्ने जरुरी नरेहको बताएपछि आक्रोसित भएका गाउँपालिका अध्यक्ष वाईवाले पत्रकार सम्मेलन गरी घटनाको विवरण सार्वजनिक गरेका हुन ।
हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन १८ गते आर्थिक अधिकार सहित हरिहरपुरगढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा तोेकेको भएपनि भदौ २ गते फेरी मन्त्रालयले राईलाई हरिहरपुरगढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरि पठाएपछि हरिहरपुरगढी गाउँपालिकामा जनप्रतिनिधिहरु र कर्मचारीहरु विचको विवाद सतहमा आएको हो ।
आफुलाई भदौ ५ गते प्रमुख प्रशासकीय अधिकृत राईले फोन गरेर गाडी मागेका तर आफुले भदौ ६ गते कार्यापालिकाको बैठक तोकिएको र त्यसपछि सल्लाह गरेर भनौँला,तपाई प्रतिक्षा गर्नुस भन्दा प्रमुख प्रशासकीय अधिकृत राईले आफु प्रतिक्षा गर्न नसक्ने बताउँदै आफुखुसी जवरजस्ती गाउँपालिकामा आई उपाअध्यक्ष थिङ र केही कर्मचारीहरुको आडमा दर्ता चलानी किर्ते गरेर प्रमुख प्रशासकीय अधिकृत पैकाराको नेमप्लेट समेत हटाएर हाजिर गरेपछि संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको संविधान,स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित नियम कानुनको बर्खिलाप गरिएको प्रष्ट भएको गाउँपालिका अध्यक्ष वाईवाले बताए ।
“मैले समेत सरकारी सवारी साधन प्रयोग गरेको छैन्।म तपाईलाई गाडी पठाउन सक्दिन,हाम्रो कार्यपालिका बैठक ६ गते छ।हामी छलफल गर्छाै ।अनी तपाईलाई राख्ने की नराख्ने भन्ने जानकारी दिन्छौँ।तपाई त्यतिवेला सम्म धैर्य गर्नु भनेको थिए।तर राईले गाउँपालिका उपाअध्यक्ष थिङ सहित केही जनप्रतिनिधिहरु र कर्मचारीहरुको आडमा गाउँपालिकामा दातागिरी देखाएका छन् ।”गाउँपालिका अध्यक्ष वाईवाले बताए ।
“भदौ ५ गते हरिहरपुरगढी गाउँपालिका ३ की वडा सदस्यकी आमाको निधनमा श्रदान्जली दिन  तथा दाह संस्कार कार्यमा सहभागी हुन आफु सहितका केही जनप्रतिनिधिहरु गएको भएपनि सोही समयमा गाउँपालिका उपाअध्यक्ष थिङ सहितका केही मानिसहरुले जबरजस्ती प्रमुख प्रशासकीय अधिकृत राईलाई हाजिर गराए छन् ।”उनले भने।उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत राईले भदौ ५ गते उपाअध्यक्ष थिङ सहित केही कर्मचारीहरु र जनप्रतिनिधिहरुकोे उक्साटहमा परेर आफुखुसी हाजिर गर्ने,हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पैकाराको नेमप्लेट समेत हटाएको र दर्ता चलानीका कर्मचारीहरुलाई धम्क्याएर जागिर खाईदिने सम्मको धम्की लगाएर गाउँपालिकाको कम्प्युटर जफत गरेर किर्ते दर्ता चलान गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत राईले अराजकता प्रस्तुत गरेपनि आफु केही नबोलेको तर प्रमुख प्रशासकीय अधिकृत राई प्रमुख जिल्ला अधिकारीसंग पुगेकामा प्रमुख जिल्ला अधिकारीले पनि भदौ ६ गतेको बैठकमा उनी आउने बताएका भएपनि भदौ ६ गते तीन घण्टा चलेको बैठकमा उपाअध्यक्ष थिङ सहित प्रमुख प्रशासकीय अधिकृत राई समेत बैठकमा नआएपछि उनी हरिहरपुरगढी गाउँपालिकाको समृद्धि र विकासका लागि नभई दादागिरी देखाउन आएका प्रष्ट भएको समेत गाउँपालिका अध्यक्ष वाईवाले बताए।प्रमुख प्रशासकीय अधिकृत राई र उपाअध्यक्ष कार्यपालिकाको बैठकमा आउनुको सट्टा गाउँपालिका अध्यक्षले हाजिर रजिष्टर र दर्ता चलानी लुकाएका आरोप लगाएका भएपनि आफुले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले तोकेका अधिकार बाहिर गएर केही नगरेको गाउँपालिका अध्यक्ष वाईवाले दाबी गरे ।
संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ मा प्रमुख प्रशासकीय अधिकृतको काम कर्तव्य र अधिकार उल्लेख गरिएको भएपनि प्रमुख प्रशासकीय अधिकृत राईले त्यसलाई लत्याएर आफु कानुन भन्दा माथि भएको घमण्ड देखाएका कारण समस्या सृजना भएको गाउँपालिका अध्यक्ष वाईवाले बताए ।कानुन,संविधान,स्थानीय सरकार सञ्चालन ऐन,विधि,नीति,प्रक्रिया र प्रचलित कानुन विपरित गाउँपालिका अध्यक्षलाई बर्हिगमन गरेर गाउँपालिका उपाअध्यक्ष थिङ र प्रमुख प्रशासकीय अधिकृत राई चल्न खोजेको प्रष्ट भएकाले आफु बाध्य भएर पत्रकार सम्मेलन गरी घटना विवरण सार्वजनिक गरेको गाउँपालिका अध्यक्ष वाईवाले बताए ।
यता,हरिहरपुरगढी गाउँपालिकाका उपाअध्यक्ष चेख वहादुर थिङले प्रमुख प्रशासकीय अधिकृत राईले गाउँपालिकामा हाजिर गरेर गाउँपालिका अध्यक्ष वाईवासंग अनौपचारी छलफल समेत गरेका,गाउँपालिका अध्यक्ष वाईवाले गाडि नपठाएपछि आफुले गाडि पठाएको साथै भदौ ६ गते कार्यापालिका बैठकको आफुलाई कुनै जानकारी नरहेको बताएका छन्।उनले गाउँपालिका अध्यक्ष वाईवाले विभिन्न माध्यमहरुमा बोलेका कुराहरुमा पाँच प्रतिशत पनि सत्याता नरहेको समेत दाबी गरे।भदौ ५ गते प्रमुख प्रशासकीय अधिकृत राईलाई हाजिर गराउने सवालमा गाउँपालिका अध्यक्ष वाईवालाई फोन गर्दा फोन नउठेपछि कर्मचारीहरु र केही जनप्रतिनिधिहरु मिलेर हाजिर गराएको गाउँपालिका उपाअध्यक्ष थिङले स्वीकार गरे ।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत राईलाई हाजिर गराउने समयमा सहयोग गरेका केही कर्मचारीलाई गाउँपालिका अध्यक्ष वाईवाले धम्क्याउने काम गरेका समेत बताए । हरिहरपुरगढी गाउँपालिकामा प्रणाली,विधि र प्रकृयाको सवालमा समय समयमा कडा रुपमा छलफल हुने गरेको समेत गाउँपालिका उपाअध्यक्ष थिङले बताए ।
यता,गाउँपालिकाका स्थानीय सर्वसाधारणले गाउँपालिका अध्यक्ष वाईवा र उपाअध्यक्ष थिङको स्वार्थको लडाईले गाउँपालिका अनिर्णयको बन्दी भएको आरोप लगाएका छन्।स्थानीयले कसरी आफ्नो पक्षमा निर्णय तथा काम गर्न÷गराउन सकिन्छ भन्नेमा गाउँपालिका अध्यक्ष वाईवा र उपाअध्यक्ष थिङ लागि परेका समेत बताए ।

सम्बन्धित समाचार