भ्रष्टाचारको आरोप लागेका इन्जिनियर साहलाई नै भवन निर्माणको काम

100 Shares

सर्लाहीको हरिपुर नगरपालिका १ स्थित लखनदेही नदीमा बाँध बनाउने काममा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेर भ्रष्टाचारमा संग्लग्न आरोपित भनी तोकिएमा इन्जिनियरलाई नै जनप्रतिनिधिहरु र कर्माचारीहरुले निर्माणको काम जिम्मा लगाएका छन् ।

cs.jpeg
हरिपुर नगरपालिकाकी तत्कालीन नगर उप प्रमुख रेणुका देवी काफ्ले र इन्जिनियर रन्जीत साह सहित नौ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा चैत्र ५ गते सोमबार भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको र मुद्धा विचाराधिन अवस्था मै रहेको समयमा उनै भ्रष्टाचारको आरोप लागेका इन्जिनियर साहलाई हरिपुर नगरपालिकाका जनप्रतिनिधिहरुका साथै कर्माचारीहरुको मिलेमतोमा हरिपुर नगरपालिका २ स्थित सानो जगतपुरमा रहेको जनता आधारभूत विद्यालयको भवन निर्माणको काम मिलाइएको पाइएको छ ।उनीहरु विरुद्ध सम्झौता अनुसार खोला नियन्त्रणका लागि तटबन्ध निर्माणको काम नगरी रु ८५ लाख १८ हजार आर्थिक अनियमितता गरेको भन्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको थियो ।

तत्कालीन नगर उप प्रमुख काफ्ले,सदस्य बेदकुमारी बलम्पाकी र लक्ष्मी कुँमर तथा हरिपुर नगरपालिका १ का वडाध्यक्ष कुमार लामाले लखनदेही खोला नियन्त्रण तथा स्पर निर्माणको कार्य सम्पन्न नहुँदै सम्पन्न भएको भन्दै भुक्तानी दिन सिफारिस गरेका साथै हरिपुरका तत्कालीन निमित्त प्रमख प्रशासकीय अधिकृत नइन्द्र कुमार पौडेल,इन्जिनियर साह र सव–इन्जिनियर सञ्जीव चौधरीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।उनीहरूले तोकिएको भन्दा कम क्षेत्रफल र कमसल तटबन्ध बनाएर रु ८५ लाख १८ हजार अनियमितता गरेको अख्तियारले दाबी गरेको छ ।

https://www.youtube.com/shorts/3ATkdEMhN4c
तटबन्ध निर्माणका लागि बनेको हरिपुर नगरपालिका १ नाखाटोल उपभोक्ता समितिका अध्यक्ष शम्शेरबहादुर बस्नेत,सचिव ईन्द्रबहादुर घिसिङ र कोषाध्यक्ष निर्मला कुमारी देवीविरुद्ध पनि मुद्दा दायर भएको छ।उनीहरूले खोलामा तटबन्ध नसकिंदै निर्माण सकिएको भनी प्रतिवेदन बनाएको,बिल भर्पाई बनाएको,हाजिर हिनामिना गरेको र सम्झौता विपरीतको कार्य गरेको अख्तियारले जनाएको छ ।उनीहरू विरुद्ध पनि रु ८५ लाख १८ हजार जरिवाना गरी बिगो असुल उपर गर्नुपर्ने अख्तियारले दायर गरेको मुद्दामा उल्लेख छ तर तीनै इन्जिनियर साहले सञ्चालन गरेको रोहन इन्जिनियरिङ एण्ड विल्डर्स प्रा.लिले हरिपुर नगरपालिका २ स्थित सानो जगतपुरमा रहेको जनता आधारभूत विद्यालयको भवन रु ६१ लाख ७० हजारमा निर्माण गर्न भन्दै ठेक्का मिलाइएको पाइएको स्थानीयले आरोप लगाएका छन् ।
हरिपुर नगरपालिकाको रु ६१ लाख ७० हजार भ्याट सहितमा करिब एक महिना पहिला निर्माण सुरु भएको विद्यालय भवनमा प्राविधिक मापदण्ड अनुसार नभएको र गुणस्तरहिन निर्माण समाग्रीहरुको प्रयोग गरिएको भन्दै हरिपुर नगरपालिका २ का स्थानीयले हरिपुर नगरपालिकाको शिक्षा शाखा र प्राविधिक शाखामा गुनासो गरेका छन् । 
उनीहरुले निर्माण स्थलमा सूचना बोर्ड नराखेको,गिट्टी २५ एमएम र बालुवा नचालि नपखालि हालेको र राति राति काम गरेको साथै ढलान गर्दा बाँसका टेका हालेको र सम्बन्धी विद्यालय प्रशासनलाई कुनै किसिमको जानकारी समेत नदिएको भन्दै विद्यालयका प्रधानाध्यापक गिरिराज तिमल्सिना सहित स्थानीय अभिभावकहरुले नगरपालिकाको शिक्षा शाखा र प्राविधिक शाखामा गुनासो गरेका भएपनि नगरपालिकाका ती शाखाहरुबाट कुनै किसिमको सुनुवाई नभए पछि जनप्रतिनिधिहरु र कर्माचारीहरु मिलेर उनै भ्रष्टाचारको आरोप लागेका इन्जिनियर साहलाई ठेक्का मिलाएका हुन सक्ने अभिभावकहरुले आरोप लगाएका छन् ।
उनीहरुका अनुसार विशषे अदालतमा अख्तियारले हालेको मुद्धा विचाराधिन अवस्थामै रहँदै गर्दा पनि उनै मानिसलाई ठेक्का दिनले हरिपुर नगरपालिकाका जनप्रतिनिधिहरुका साथै कर्माचारीहरुको मिलेमतोमा कमसल निर्माण सामाग्री,गुणस्तरहिन निर्माण कार्य भएको आशंका गर्न सकिने स्रोतको भनाई छ ।
निर्माण व्यावसायी इन्जिनियर साह हरिपुर नगरपालिकाका पुर्व इन्जिनियर समेत हुन भने अख्तियारले विशेष अदालतमा इन्जिनियर साह समेतलाई मुद्दा हालेपछि आफ्नो नाममा रहेको कम्पनीलाई इन्जिनियर साहले आफ्नी श्रीमती सोनिता साहको नाममा नामसारी गरेर काम गरि रहेका छन् ।चालू आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्ममा निर्माण सक्ने भन्दै रोहन इन्जिनियरिङ एण्ड विल्डर्स प्रा.लिले चालू आर्थिक वर्ष २०८०/०८१ को चैत महिनामा सम्झौता गरेर निर्माणको काम सुरु गरेको निर्माण व्यावसायी इन्जिनियर साहले बताए ।
सो विषयमा बुझ्न इन्जिनियर साहलाई सम्पर्क गर्दा उनले “गिट्टी र बालुवाको सवालमा पहिला मसंग पनि गुनासो आयो,त्यो अहिले सुधार भएको छ साथै हरिपुर नगरपालिका १ र २ पहिलादेखि नै विवादित वडा हो ।”निर्माण व्यावसायी इन्जिनियर साहले बताए ।उनले पहिला पनि जनप्रतिनिधिहरुको आन्तरिक विवादका कारण आफू सहितलाई मुद्दा परेको उनले बताए ।
त्यसैगरी सर्लाही कै इश्वरपुर नगरपालिका १४ स्थित रहेको गौरी शंकर स्वास्थ्य चौकीको प्रसुती गृहको भवन निर्माणको काम पनि उनै भ्रष्टाचारको आरोप लागेका इन्जिनियर साहलाई परेको छ ।इश्वरपुर नगरपालिका १४ स्थित रहेको गौरी शंकर स्वास्थ्य चौकीको प्रसुती गृहको भवन निर्माणका लागि ३६ लाख ३५ हजार तीन सय ८३ दशमलव ४९ रुपैँयामा रोहन इन्जिनियरिङ एण्ड विल्डर्स प्रा.लिलाई नै ठेक्का परेको छ ।जहाँ टुक्रा इट्टाहरुको प्रयोग गरेको पाइएको छ ।भ्रष्टाचारको मुद्दा विचाराधिन अवस्था रहेका मानिसलाई नै निर्माणको काम दिनु भनेको“बाँदरलाई लिस्नु”भने झैँ भएको इश्वरपुर नगरपालिका १४ का स्थानीयले बताएका छन् ।

सम्बन्धित समाचार