सिन्धुलीको भिमानबाट ३१ हजारभन्दा बढी ट्याबलेट लागु औषधसहित तीन जना पक्राउ

362 Shares

वि.पी.राजमागर्थ स्थित सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानबाट प्रहरीले ठूलो मात्रामा लागु औषधसहित तीन जनाजना पक्राउ गरेको छ।वि.पी.राजमार्ग स्थित कमलामाई नगरपालिका  ९ भिमानमा सवारी चेकजाँच गर्ने क्रममा अवैध लागुऔषध सहित एक जनालाई र उनको बयानका आधारमा थप दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मधेश प्रदेश ०४२–००१ ज ०१५५ नम्बरको यात्रु बाहक भ्यानमा लागुऔषधसहित सवार सर्लाहीको बरहथवा नगरपलिका ७ का अन्दाजी ३० वर्षीय विक्रम चौधरीलाई ३१ हजार आठ सय ८० ट्याबलेट लागु औषध सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय भिमानका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक टंक कार्कीले जानकारी दिए ।
उनका अनुसार चौधरीको साथबाट लागुऔषध नाइट्राभेट दुई हजार आठ सय ८० ट्याबलेट र गाडीको छतमा राखेको जुटको बोराबाट ट्रामाडोल २९ हजार ट्याबलेट गरी ३१ हजार आठ सय ८० ट्याबलेट लागु औषध फेला परेको हो।लागु औषध सहित पक्राउ परेका चौधरीको बयानका आधारमा लागु औषधका धनी सिन्धुपाल्चोकको ठुलोपाखर गाउँपालिका ६ का अन्दाजी २६ वर्षीय सफल श्रेष्ठ र सिन्धुलीको फिक्कल गाउँपालिका ६ का अन्दाजी २६ वर्षीय राहुल तामाङलाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।पछिल्लो समयमा वि.पी.राजमार्गको प्रयोग गर्दै लागु औषधको कारोवार हुने गरेको सूचनाको आधारमा प्रहरीले थप  सक्रियता देखाएपछि लागूऔाष्ध सहित मानिस धमाधम सिन्धुली प्रहरीले नियन्त्रणमा लिने गरेको छ ।

सम्बन्धित समाचार