सन् २०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा चुनौतीपूर्ण वर्ष बनेको पाइएको छ ।समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने,गिरफ्तार र हत्या गर्नेसम्मका घटनाका कारण प्रेस स्वतन्त्रताको सवालमा यो वर्ष चुनौतीपूर्ण देखिएको नेपाल पत्रकार महासंघले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ।सन् २०२४ का प्रेस स्वतन्त्रता हनन्का ६० वटा घटना अभिलेख भएका छन् भने,विगतका वर्षको तुलनामा यस वर्ष प्रेस स्वतन्त्रता हनन्का घटना वृद्धि भएको छ।सन् २०२३ मा प्रेस स्वतन्त्रता हनन्का ५८ र सन् २०२२ मा ५३ वटा घटना अभिलेख भएका नेपाल पत्रकार महासंघले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
यस वर्ष प्रेस स्वतन्त्रता हनन्का ६० वटा घटना हुँदा ३४ जना महिला पत्रकार र एक सय १३ जना पुरुष पत्रकार पीडित भएका छन् भने १३ वटा सञ्चार संस्था प्रभावित भएका छन्।राष्ट्रिय दलित पत्रकार संघ,कैलालीका सह सचिव सुरेश भुलको हत्या भएको घटनाको प्रारम्भिक रिपोर्ट हेर्दा उक्त घटना लक्षित हत्या भएको देखिन्छ। समाचार लेखेकै कारण ज्यान लिनेसम्को धम्की खेपिरहेका इटहरीका पत्रकार गोपाल दाहालका सम्बन्धमा महासंघले मिडिया मिसन खटाउनुप¥यो।
समाचार लेखेकै कारण राज्यको नेतृत्व तहमा रहेका तथा जनताको प्रतिनिधि भनिएकाबाट पत्रकार माथि भएको धम्की, धरपकड तथा दुव्र्यावहारका घटना अत्यन्त निन्दनीय मात्र हैन लोकतन्त्र माथिकै प्रहार भएको महासंघको ठहर छ।सन् २०२४ मा नेपाली प्रेस जगतले अपेक्षाकृत प्रेससम्बन्धी कानून पाउन सकेन।लामो सयमदेखि प्रतीक्षारत मिडिया काउन्सिल विधेयकले पूर्णता पाएको छैन।यसबीचमा सरकारले सूचना प्रविधि विधेयक,सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालन सम्बन्धी विधेयक ल्याउने तयारी गरिरहेको छ।
महासंघले विगतदेखि नै सञ्चार सम्बन्धी कानुनलाई व्यवस्थित गर्न र संविधानको मर्मअनुसार कानुन निर्माण गर्न सरकारलाई आग्रह गर्दै आएको छ।महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको भौतिक तथा व्यावसायिक सुरक्षामा प्रतिबद्ध रहेको छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन्का घटनामा सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन महासंघले सरकारसँग जोडदार माग गरेको महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।साथै,महासंघले सरकारले ल्याउने प्रेससम्बन्धी कानुन प्रेस स्वतन्त्रताका विश्वव्यापी मान्यता र संवैधानिक प्रावधानका आधारमा मिडियामैत्री बनाउन समेत सरकारलाई आग्रह गरेको छ।
समाचार लेखेकै कारण धेरै सञ्चारकर्मीहरुमाथि विभिन्न किसिमका मुद्धाहरु लगाएर अनावश्यक दुःख दिने काम भई रहेको छ।कुनै निकायले गरेको काम कार्बाही नागरिक मैत्री नभएको अवस्थामा समाचार लेखेपछि सुरक्षा अधिकारीहरुका साथ स्थानीय तहहरु र केही सञ्चारकर्मीहरुका विरुद्ध सञ्चारकर्मीहरु ने लागेका समेत पाइएको छ।विगत लामो समयदेखि मिडियाकर्मीको नाममा लुटेर खान पल्किएका केही मिडियाकर्मीहरु कै कारण निश्पक्ष पत्रकारीता गर्ने केही सञ्चारकर्मीहरु अहिले पनि विभिन्न किसिमका मुद्धाहरुको सामाना गर्दै पीडादायी जीवन विताई रहेका छन् ।