Close This

हेल्भेटासद्धारा बरथवा नगरपालिकालाई करिब ९ लाखको स्वास्थ्य सामाग्री सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-१६ गते   २१७ पटक हेरिएको

सर्लाहीको बरहथवा नगरपालिकालाई  हेल्भेटास स्वीस ईन्टरको अपरेशन नेपालले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।  हेल्भेटास स्वीस ईन्टरको अपरेशन नेपालले अक्सिजन कन्सेट्रेटर मेसिन सहित रु ९ लाख ११ हजार  बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
कोरोना भाईरस दोस्रो भेरियन्टको संक्रमण फैलनबाट रोक्नका लागि बरथवा नगरपालिकाको अभियानलाई सहयोग पुगोस् भन्दै हेल्भेटासले अक्सिजन उत्पादन गर्ने ३ वटा कन्सेट्रेटर मेशिन, पल्स अक्सीमिटर ५ थान, विद्युतीय सेक्सन मेशिन २ थान, किड्नी ट्रे ५ थान, बेड प्यान १० थान, मेडिसिन ट्रली २ थान, पीपीई सेट ५ थान, ह्याण्ड सेनिटाईजर १० लिटर, ईन्फ्रारेड थर्मामिटर २ थान, फेस मास्क एक हजार पिस र सर्जिकल ग्लोब्स १ सय थान सहयोग गरेको हो । आईतबार बरथवा नगरपालिकालाई स्वास्थ्य सामग्री प्राप्त भएको बरहथवा नगरपालिकाका नगर प्रमुख देवानन्द महत्तोले जानकारी दिनु भयो । 
हेल्भेटासको सहयोगले बरहथवा नगरपालिकाको कोरोना भाईरस संक्रमण नियन्त्रण अभियानलाई निकै टेवा पुग्ने आफुले विश्वास लिएको नगर प्रमुख महतोले बताउनुभयो । बरहथवा नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन गरेको आईसोलेसन सेन्टरमा अक्सिजन अभाव हुँदा बिरामीको उपचारमा निकै समस्या पर्दै आएको जन गुनासो आईरहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech