बी.पी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकारले जापान सरकारसँग रु दुई अर्ब ६१ करोड अनुदान सहायता लिन लागेको छ । प्राकृतिक प्रकोपले क्षतिग्रस्त बी.पी राजमार्ग पुनर्निर्माणका लागि मन्त्रिपरिषद्को बैठकले जापान सरकारसँग रु दुई अर्ब ६१ करोड अनुदान सहायता लिने निर्णय गरेको हो ।
२०८१ को असोजमा आएको विनाशकारी बाढीले बी.पी राजमार्गमा ठूलो क्षति पु¥याएपछि राजमार्गको पुनर्निर्माण गर्नुपर्ने भएको छ । हालसम्म २५ किलोमिटर खण्डमा निर्माणको काम अगाडि बढिसकेको छ भने नेपालथोकदेखि भकुण्डेबेंसीसम्मको ३० दशमलव ५ किलोमिटर दूरीमा दुई लेनको नयाँ सडक बनाउने तयारी भई रहेको सडक विभागका उप–महानिर्देशक तथा प्रवक्ता ईन्जिनियर प्रभात कुमार झाले जानकारी दिए ।
उनका अनुसार सडकको पुननिर्माण कार्यलाई सहज बनाउने उद्देश्यले सिन्धुलीतर्फ एक र काभ्रेतर्फ दुई गरी तीनवटा प्याकेजमा ठेक्का सम्झौता गरिएको छ । यी सबै ठेक्काहरू गत असारमा हस्ताक्षर भएका र सम्झौता मितिबाट दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने लक्ष्य लिइएको छ ।
बी.पी राजमार्गको करिब पाँच किलोमिटर खण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले आफैं निर्माण गर्ने योजनासहित सर्भे गरिसकेको छ। पिप्ले–बर्खेखोला ३ दशमलव २ किलो मिटर सडक खण्ड जाइकाको प्रत्यक्ष अनुदानमा पुन निर्माण हुने सडक विभागले जनाएको छ ।