Close This

आव २०७७/०७८ को वर्षे अधिवेशनको पहिलो बैठक सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-१० गते   ४१९ पटक हेरिएको

सिन्धुलीको गोलन्जोर गाउँपालिको आर्थिक वर्ष ०७७/०७८ को वर्षे अधिवेशनको पहिलो वैठक बुधबार सम्पन्न भएको छ । गाउँपालिकाको अनुमानित आर्थिक वर्ष २०७६/०७७ को आय ४४ करोड १ लाख ६८ हजार ६ सय २७ रहेकोे गाउँपालिकाले जनाएको छ ।
यस्तै गाउँपालिकाको आर्थिक वर्ष २०७६/०७७ को खर्च ३६ करोड २ लाख ८ हजार २ सय ८४ रुपैया भएको गाउँपालिका अध्यक्ष पुष्प बहादुर कार्कीले बताउनु भयो । 
शिक्षा,सडक, सिंचाई र कृषि गोलन्जोरको पुर्वधार, तरकारी खेती, पशुपालन र पर्यटन विकास समृद्धिको मुल आधार भन्ने मुल नाराको साथ गाउँपालिकाको विकासमा लागेको गाउँपालिकाले पुरक वजेट अनुमान तथा क्रमागत योजना आर्थिक वर्ष ०७७/०७८को संसोधित बजेट पुजिगत तर्फ २ करोड १४ लाख १८ हजार १ सय ४२ मा थप भइ ४७ करोड ७६ लाख ९५ हजार १ सय ४२ को योजना सहितको बजेट पारित गरिएको अध्यक्ष कार्कीले बताउनु भयो ।
गाउँ कार्यपालिकाद्धारा करारमा कार्यरत कर्मचारीहरुको साविककै सेवा सुविधा बमोजिम चालु आर्थिक वर्षको साउन देखि लागु हुने गरि ६ महिना करार म्याद थप गरी काममा लगाउने र बाकी कर्मचारीलाई प्रशासन शाखाले विवरण तयार गर्ने वैठकले निर्णय गरेको छ ।
त्यस्तै गाउँपालिलाई करार सेवामा रहि सेवा गरेको र करार अवधि पुरा गरेका कर्माचारीहरुलाई सम्मानजनक विदाई गर्ने निणर्य अनुमोदन गरिएको गाउँपालिकाले जनाईएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech