सर्लाहीमा ठुलो परिमाणको लागूऔषधसहित तीन जना पक्राउ

173 Shares

सर्लाहीका विभिन्न स्थानबाट ठूलो परिमाणमा लागूऔषधसहित तीन जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले हरिवन नगरपालिका–९ स्थित नयाँरोडबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्ष वेद प्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार इलाका प्रहरी कार्यालय हरिवन र लागूऔषध नियन्त्रण ब्युरो बर्दिवास, महोत्तरीबाट खटिएको संयुक्त टोलीले बरहथवाबाट नयाँरोडतर्फ आउँदै गरेको अन टेस्ट मोटरसाइकल रोकी चेकजाँच गर्दा प्लास्टिकको बोरा तथा झोलामा लुकाइछिपाइ राखिएको लागूऔषध स्पास ग्लेनपारा दुई हजार १४ पिस,एन्टिकफ तीन हजार पाँच सय छ पिस,मेफ्टाल स्पास एक हजार पाँच सय पिस र टापेन्टाडोल तीन हजार पाँच सय १४ पिस गरी जम्मा १० हजार पाँच सय ३४ पिस लागूऔषध सहित बागमती नगरपालिका–१० सोल्टी बजारका अन्दाजी ४४ वर्षीय प्रदीप महतो,मोटरसाइकलमा पछाडि सवार रौतहटको चन्द्रपुर नगरपालिका–१ पौराही टोलका अन्दाजी २८ वर्षीय सुरज थापा र सर्लाहीको हरिवन नगरपालिका–४ डाबरीका अन्दाजी २६ वर्षीय कुल बहादुर वर्मालाई पक्राउ गरिएको छ ।
त्यसैगरी,बागमती नगरपालिका–४ सानो डाबरी क्षेत्रमा सञ्चालन गरिएको विशेष अप्रेसनका क्रममा कोडिन फस्फेट ट्रिप्रोलिडिन हाइड्रोक्लोराइड सिरप ओनेरेक्स चार बोतल र ओनेरेक्स ३२ थान समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।पक्राउ परेका तीनै जनाहरुलाई इलाका प्रहरी कार्यालय हरिवनमा राखेर थप अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार